शिद्ध प्राविले मनायो २१ जन्मोत्सव


नवराज बुढा/ रोल्पा ४, बैशाख

बुढागाउँ ७ चक्री रोल्पाको थापरचौर स्थित श्री शिद्ध प्राविको पहिलो बार्षिक उत्सव तथा पहिलो जन्मोत्सव भब्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम यहि बैशाख १ गते सुरु भएर पानीले गर्दा ४ दिन ४ गते समापन गरिएको छ। बार्षिक उत्सवमा भलीबल, विभिन्न खेलकुद सङ्गै मयुर नाच, पैसेरु नाच, रस्साकस्सी, प्रावी स्तरिय कुर्सी दौड र हाजिरी जवाफ प्रतियोगिता, साहित्यिक प्रतियोगिता फ्लाइङ्ग किग, घैटाफोर, एकल नृत्य, ग्रुप नृत्य लगायत अन्य मनोरञ्जनात्मक साहित्यिक र सास्कृतिक कार्यक्रमको बिच बिचमा आधुनिक तथा गायक सागर अविरल जिसि र उनका सानि ८ बर्षकी छोरी कोमलसरी जिसिकि साथमा उत्सव मनाइएको थियो। साथै विभिन्न प्रतियोगितमा बिजेताहुने सवै प्रतिस्पर्धि साथिहरु सवैलाई अझ सफलताको कामना पनि आयोजकले ब्यक्त गरेको छ। उक्त स्कुलको बार्षिक उत्सवको अवसरमा सस्थापक सदस्य, सहयोगी डाटाहरु, प्रायोजनकर्ताहरु, सन्चारकर्मी, साहित्य विधामा कलम चलाउने सर्जक लगायत अन्यलाई कदर पत्र र प्रमान पत्र र प्रमुख अतिथिहरु आदिलाई दोसल्ला सहित सम्मान गरेको छ। सम्मान कार्यक्रममा बोल्दै जिसिका रोल्पा तथा स्रोतकेन्द्रका आर्पी रेगम जिसिले स्कुललाई छात्रा सौचालयको लागि पहल गरेको र त्यो माग पूरा भएको हुदा आगामी दिनमा पनि यसरी नै सक्दो सहयोग गर्ने वचन पनि दिनुभएको छ।

यसरी कार्यक्रमलाई अझ भब्य र सभ्य बनाउन जुनतारा बालयुवा क्लव र आयोजक टिमले बिच बिचमा सो दान्स देखाएर सहयोग पनि गरेको थियो। यसरी बार्षिक उत्सवको मेला अवधीभर कुनै अपृय घटना घट्न नदिन कोइला प्रहरी चौकीबाट नारायण गिरिको इन्चार्जमा खतिएका दुई प्रहरी जवानहरु नारायण गिरि र सुर्य बोहरालाई पनि स्कुलले विशेष सम्मान गरेको छ। यसरी यो बर्ष पानीले अलि अबरोध पुर्याएपनी बार्षिक उत्सवको मेला भब्य भएकोले अर्को बर्ष झन बढी भब्य र सभ्य हुने आयोजक समितिले बताएको छ। यसरी उक्त कार्यक्रमको संयोजक भक्तबहादुर घर्ती नवीन हुनुहुन्थ्यो भने सन्चालक शिक्षक महेन्द्रप्रकाश घर्तिले गर्नुभएको थियो।