नवराज बुढा 'नवीन उदासी'धिकार लाग्छ भाग्यलाई ब्यकार ठाने पछि,
तर सहज हुन्छ यो जीवन जीउन जाने पछि।
यो मन त पग्लिएर बग्छ बरफसरी खै ! कता
जवानीको नशाले कतै टाढा कसैसंग ताने पछि।
कठिन काम त्यो सफल हुन्छ पक्कै पनि अब,
समुहको कुरा संगै काम गर्न मन माने पछि।
आत्मपिदन हुन्छ अनयासै दुख्दा यो छाति,
बच्नु कसरी अवतारले नै तिर हाने पछि।
कहिले काहिँ त यो मन मनज्ञ खुसी हुन्छ,
मनको पीडा पोख्ने माध्यम गजल छाने पछी।
यो मनभित्र आंधी चलेकै छ|
उनको यादले मन जलेकै छ|
भन्न केहि सक्दिन कसैलाई,
मनभरी पिरको आगो बलेकै छ|
कहांबाट भेट भयो आज हाम्रो,
समिपमै यी आँखाहरु छलेकै छ|
जब उनको आनाकानी बुझ्दै गएँ,
बेहोसीमा नै मन मेरो धलेकै छ|
गजल
- नवराज बुढा 'नवीन उदासी'
परेलीको आँशुहरु तिमीले'नि पुछेका थियौ|
बाध्यतामा थिएँ तिमीले'नी बुझेका थियौ।

स्पर्श गरि नै रहन्छ तिम्रो मायाँले अझै'नी,
कोमल यी हातहरुमा प्यारले चुमेका थियौ|
सम्झि रहन्छ यो मनले नित्य तिमीलाई,
कहिले घाम, कहिले पानीमा रुझेका थियौं|
तिमीलाई दुख्दा मलाई'नि दुख्थ्यो अनायासै,
आँशु संगै झर्न खोज्दै परेलीमा रुकेका थियौं|
मागे जतिको बरदान कहाँ पो पाईन्छ र यहाँ,
ढुंगालाई पनि देवता सम्झिएर पुजेका थियौं|
नवराज बुढा 'नवीन उदासी'
उनको त्यो संज्ञा बुझेर म मुस्कुराएँ।
आपसमा आँखा जुझेर म मुस्कुराएँ।
संझनामा बिछिप्त हुँदा आज यहा'नी,
यो परेली भरी रुझेर म मुस्कुराएँ।
देवता खोज्न हिँडेका त्यी पुजारीहरु,
ढुंगा कुल्चि हिँड्दा पुजेर म मुस्कुराएँ।
कहिले काहिँ त बिघ्न पोल्छ अतितले,
संझना जति लुछेर म मुस्कुराएँ।
उनलाई पाउने नलेख्दा भाग्यले,
आज आफैलाई थुकेर म मुस्कुराएँ।
नवराज बुढा 'नवीन उदासी'
युद्धको घाउ दुखी रहेछ छाती भरी।
छोडेर कतै टाढा गए छन साथी भरी।।
दुस्मनको हमला लाग्यो यै मुटु भित्र,
छटपतिएँ पानी पानि भन्दै राती भरी।
कहाँ जानु असिनाझैँ खस्छ आकाशबाट,
बच्दा बच्दै लाग्यो टाउको भाथी भरी।
सुर बनाई पठाए तिमि जाउ भन्दै अघी,
तर भागे सबै त्यी बिश्वास घाटी भरी।
अन्योलमा परेको छु द्वन्दमा नै हराउँदा,
उज्ज्वल भविष्य खोज्दैछु बाटी भरी।
बुढागाउँ, रोल्पा