चर्चित युवा सङ्गीतकार राजेश थापाको एकल सङ्गितमा अर्जुन थापाको अनुपम अटल (भिडियो सहित) बजारमा...

नवराज बुढा
पछिल्लो समयमा निकै ब्यस्त युवा सङ्गितकार राजेश थापाको एकल सङ्गीत रहेको आधुनिक गीति एल्बम "अनुपम अटल" केही दिन पहिले बजारमा आएको छ। यो भन्दा अगाडि पनि थापाको एकल सङ्गीत रहेको गीति एल्बम 'केही काडा केही फूल' बजारमा आइसकेको छ। बिन्धबासिनी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको "अनुपम अटल" उनको यो दोस्रो एकल सङ्गीत रहेको एल्बम हो।
यस अनुपम अटल भित्र गीतकार अर्जुन थापाको सात ओटा छुट्टाछुट्टै बिधाका आधुनिक कर्णप्रिय् गितहरु राजेश थापा द्वारा सङ्गीतबद्ध गरिएका छन्। एल्बमामा फूलझै फुलोस् भन्छु, रहर चढ्यो यो मनमा, दोषी होकि नजर मेरो, छड्के कपाल कोरेकी किन, चम्किन्छ चन्द्र सुर्य, सपनिमा आउँछ्यौ, परदेश बाट घरदेश आउँला लगायतका शब्दहरुलाई नेपालका ख्याति प्राप्त कलाकारहरु रामकृष्ण ढकाल, मेलिना राई, स्वरूपराज आचार्य, मनिशा राई, निखिता थापा, सुमन क्षेत्री, सन्तोष लामा, राजेश पायल राई लगायतका कलाकारहरुका स्वरहरु स्वरबद्ध भएका छन्।
एल्बममा सेटिएका सम्पुर्ण गीतहरु मध्य बिन्धवासिनी म्युजिकै कम्पनिकै यु ट्युब च्यानलमा अत्यधिक रुपमा लाइक र भ्युअर आएको सात ओटा गितहरु मध्य
फूल झैं फूलोस.. बोलको रामकृष्ण ढकालको स्वरमा युवराज वाइबाको निर्देशन र रामकृष्ण ढकालकै अभिनय र रीमा बिश्वकर्माको अभिनय रहेको एउटा उक्त गीतलाई तलको लिङ्कमा गएर हेर्न पनि सकिनेछ।
भिडियो :
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/ajQBOqtvJKU?showinfo=0" frameborder="0" allowfullscreen></iframe>