लोक गीत-छुट्टियौ हामी...

लोक गीत- छुट्टियौ हामी...
केटा:
छुट्टियौ हामी दुखी मन बनाएर।
बिछोडको पिडाले मन दुखाएर।
(बोल-
मेरो आशुलाई बुझेकी छ्यौ।
जिवनको देव सम्झिएर मलाई,
मनको मन्दिरमा पुजेकी छ्यौ।)
केटी:
नबिर्सनु आफू जन्मेको प्यारो गाउँ।
शुभ यात्रा मेरो हजुर राम्रो सङ्ग जाऊ।
(बोल- केटी
तिम्रो आशुको मुल्य बुझेकी छु।
जिवनको देव सम्झिएर तिमिलाई,
मनको मन्दिरमा पुजेकी छु।)
केटा:
हिडे फर्किएर हेर्दै हेर्दै।
आशुहरु रुमालले पुछ्दै।
केटी:
तिमी बिना शुन्य हुने भो गाउँबेसि।
छिट्टै फर्किनु है ए मेरो परदेशी।
केटा:
कमाएर पैसा पठाउछु भएको ऋण तिर्नु।
तिरेपछि आउछु छिट्टै मुलबाटो हेर्नू।
केटी:
कसरी बुझाऊ यो एक्लो मन।
तिमी छैनौ र ब्यर्थ लाग्छ धन।
शब्द: नवराज बुढा 'नवीन उदासी'
स्वर : ??
लय : ??