ढल्छ जीवन....
गजल
ढल्छ जीवन सधै, उभि रहदैन।
खुसी हुन्छ पक्कै, दु:खी रहदैन।
पीडा हुन्छ सबैलाई आ-आफ्नै,
सधै मान्छे कोहि, सुखी रहदैन।
बाहिर आउँछ एक दिन निस्केर,
दुलोभित्र मुसो झै, लुकि रहदैन।
एक दुई थप्पड सहन सक्छु म,
अति भए अगाडी, झुकी रहदैन।
सुबिधा छ सञ्चारको जताततै,
स्वयं आफू त्यही नै, पुगि रहदैन।
नवराज बुढा 'नवीन उदासी'