फूल देखाई

गजल
फूल देखाई काँडाले, घोज्छन पछि बाट।
दुख्योकि भनी आफै, सोध्छन पछि बाट।

अगाडी आएर, मायाँ गर्छु, भन्न नसकेर नै,
तिमी नै मन पर्यो भन्दै, रोज्छन पछि बाट।

प्रेम गर्ने बहनामा, फूलको हत्या गरी ब्यर्थै,
क्षेणिक मायाँको फूल, रोप्छन पछी बाट।

आफैले दुनियाँको, नजरमा खुल्न नसकेर,
बिश्वासघाटी भएर मुख, छोप्छन पछि बाट।

जिवनको निर्णय, हतारै किन, गर्छन यहाँ,
धोकाले आफ्नै छाती, थोक्छन पछि बाट।

आफ्नो माया भत्कियो, भन्दै डाहले जल्दै,
साँचो माया गर्नेलाई नै, रोक्छन पछि बाट।

©नवराज बुढा 'नवीन उदासी'
www.blog.navarajbudha.com.np
१४ फेब्रुअरी २०१७