मलाई तिमी क्या..... नवराज बुढा "नवीन उदासी"

गजल

मलाई तिमी क्या सुन्दरी लाग्छ।
कसैको भएपनि मेरै परि लाग्छ।

स्वर्गबाट झरेकी हौ कि कतै तिमी,
मलाई  राम्री किन यसरी लाग्छ।

मन पग्लियो के भो के भो देखेसी,
था'हुन्न मन्मा माया कसरी लाग्छ।

यो नजरमा बसे पनि उटै तिमी,
छ कि दिलमा अन्यक थरी लाग्छ।

आउछन तिम्रा यादहरु आँखाभरी,
लाग्छ माया झन तस्विर हेरी लाग्छ।

-नवराज बुढा "नवीन उदासी"
रोल्पा।