गजल

गजल
-नवराज बुढा 'नवीन उदासी'

तड्पाउँछ  आफ्नै, मनले कुनै दिन।
धोका दिन्छ यो, जीवनले कुनै दिन।

जति समीप  सम्झिए पनि कसैलाई,
रुवाउँछ भएनि, सज्जनले कुनै दिन।

हावा हुरि आउँछ खुसिहरु उडाउँछ,
छाड्छ हरा-भरा, यौवनले कुनै दिन।

कोहि भन्छन्, पैसा ठुलो कोहि माया,
ज्यानै  लिन्छ  पापी, धनले कुनै दिन।

हर पाइला  होसियार, बनेर हिड्नु छ,
लडिन्छ यो अल्लारे, पनले कुनै दिन।

२०७३ मंसिर ३०
2016 Dec 15th