नवीन उदासीको गजल


-नवराज बुढा 'नवीन उदासी'

उडी जाउँ कि गुडी जाउँ, हुन्छ यो मन परदेशमा
दशैं तिहार आउँदा सधै, रुन्छ यो मन परदेशमा|

दाई भनी रुँदै छ की हाँस्दै छ मेरी बहिनी आज
सपनीमा सधै रोएको, सुन्छ यो मन परदेशमा|

बन पाखाहरुमा न्याउली रोएको पल सम्झिदा
यो मन भरी विरहले, छुन्छ यो मन परदेशमा |

सिसासरी भाग्य मेरो फुटे पनि चकनाचुर भएर
अझै कल्पनै कल्पना, बुन्छ यो मन परदेशमा|

दुख्दा छाती अतितले बल्झाई दिंदा मुटु भित्र
सम्झेर आफन्त पिडा धुन्छ यो मन परदेशमा|