नवराज बुढा नवीन उदासी’को सांगीतिक गजल अब मेडियामा..

दुर्गश्रीस
 करिब ४ बर्ष अघि रोजगारीको शिलशिलामा मलेशिया छिरेका रोल्पाली नव गजलकार
नवराज बुढा ‘नवीन उदासी’ आफ्नो पहिलो सांगीतिक गजल संगीत बद्ध गरेर
‘बसन्तमै उजाडी गएँ, मन परेको फूल झर्दा खेरी’ प्रस्तुत गर्न सफल भएका
छन्| १२ बर्षे तुन्द तथा देशको अस्तव्यस्त राजिनितिले गर्दा अध्यनलाई बिट
मारेर परिस्थितिबस बिदेशिएका थिए| गाउँघरमा हुँदा पत्रपत्रिका अध्ययन तथा
बिभिन्न रेडियो स्टेशन कार्यक्रमहरु सुनेर हल्का मात्रै कवीता तथा हाइकु
लेख्न सिकेका उदासी विदेशमा आउँदा सम्म गजलको राम्रो ज्ञान थिएन| तर
बिदेसमा आइ सके पछी पनि पत्र पत्रिका अध्ययन र साथीभाईहरुको सल्लाह,
सुझाब र प्रेरणा हौसला तथा सामाजिक संजाल फेसबुक मार्फत गजलको बारेमा
अध्ययन गरेका उदासीले छोटो अवधि मै सांगीतिक गजल चर्चित गजल गायक दीपक
लिम्बुको स्वर र संगीतकार राजेश थापाको संगीत र आफ्नै शब्द सृजनामा संगीत
बद्ध गर्न सफल भएका छन्| उक्त गजल प्रबासी नेपाली दाजुभाईहरुको लागि जीवन
भोगाईको यथार्थ बिषय बस्तुको चित्रण गरिएको छ| उक्त गजल अहिले नेपालका
एफ.एम रेडियोहरुमा प्रत्यक्ष प्रोमो प्रसारण गरिहेका छन् | केहि समय पछी
अन्य गजलकारहरुको संयुक्त सहकार्यमा ‘केहि काँडा केहि  फूल’ गजल एल्बम
मार्फत बजारमा ल्याउने तयारी समेत गरेका छन्| उक्त गजल नेपालको लागि CRBT
०१३००३५६६१, PRBT ६०४३२५६९, UTL  ५४५२०३०१ को यी नम्बर बाट कलरब्याक
टोनमा डाउनलोड गर्न सकिनेछ, र गजल सिधै सुन्नको लागि यु ट्युब
http://www.youtube.com/watch?v=JAvjlYWy3OI&feature=plcp बाट पनि सुन्न
सकिनेछ, डाउनलोड लागि उदासिकै वेबसाईट
http://nabarajbudha.com.np/me/?p=507 को यो लिंकमा गएर डाउनलोड गरेर पनि
सुन्न सकिनेछ|