रोल्पाली स्रष्टा नवराज बुढा ‘नवीन उदासी’को गजल संग्रह पर्खाइका बाटाहरू प्रकाशन



नवीन संसार साप्तहिक सम्बादाता
दुर्गा श्रीस/मलेशिया
नबराज बुढा “नवीन उदासी”को पहिलो गजल कृती “पर्खाइका बाटाहरु” गजल संग्रह राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पा बाट प्रकाशित भएको छ| यहि  सेप्तेम्बेर २९ तारिखका दिन एक कार्यक्रमको बीच ललित साहित्य परिसदको पाचौं अधिबेसन  तथा नब गजलकार नबराज बुढाको गजल संग्रहको बिमोचन एकै चोटी सम्पन्न गरिएको थियो| प्रगतिसिल लेखक  संघ नेपालको केन्द्रीय सदस्य तथा ललित साहित्य परिसद रोल्पाको मानार्थ सदस्य गौरी किरण डाँगीले उक्त  कृतिको लोकार्पण गरेका थिए, भने कृतिको समिक्षा रोल्पाली गजलकार गोकर्ण पुनले गरेका थिए|  रोल्पा बुढागाउँ स्थाई  घर भै हाल बैदेसिक रोजगारीको सिलसिलामा मलेशिया क्वान्तन पाहंगमा कार्यरत उदासी सानै उमेरमा औपचारिक पढाइ लाई थाँती राखेर बिदेशमा सुन फल्छ भन्ने सपना बुनेर विदेश हिंडेका उदासी बिदेसमै रहंदा बस्दा आफ्नो जीवन भोगाईमा आएका आरोह अबरोहलाई गजलका शेरमा उन्दै जाँदा आज आफ्नो पहिलो गजल संग्रह पर्खाइका बाटाहरु प्रकाशन गर्न सफल भएका छन्|१०१ ओटा गजलहरु रहेको युक्त गजल संग्रहमा मिलन बिछोडको वियोगान्त पिडा र घरदेश र परदेशमा रहेका नेपालीहरुको सम्पूर्ण भावनाहरुको बिषय बस्तुहरुलाई गजलमा जिबन्त रुपमा प्रस्तुत गर्ने कोसिस गरेका छन्| उदासीको यस अघि नै सांगीतिक गजल ‘बसन्तमै उजाडी गएँ’…. र रोल्पाली गजल र गजलकार (समुक्त गजल संग्रह) 

,