३ मुक्तक

नबराज बुढा 'नवीन उदासी'
  
       ३ मुक्तक

बेहोसीमा यो जिन्दगी ज्युन छाडेको छु
यस्तै रै'छ मायाँ'नि नशा प्युन छाडेको छु।
मुटु टुक्राएर पराईलाई दिनु नै भुल भयो 
सम्झनामा मन फाटे पनि सिउन छाडेको छु।।

                  (२)
आज बिछोडमा तड्पाउने रैछ मायाँले
भुल्छु भने पनि सताउने रै'छ मायाँले।
यो मनको डाँडा काटेर पराई संग गए'नि
कहाँ देखौं, कहाँ भेटौं बनाउने रैछ मायाँले

           (३)

कसैलाई दिल दिनु नै भुल भयो कि आज मेरो
रुमाल चिनु लिनु नै भुल भयो कि आज मेरो
मेरो शिर कुल्चिएर पराइ संग गए'नि निष्ठुरी
उसकै अगाडी उभिनु नै भुल भयो कि आज मेरो

-© नबराज बुढा 'नवीन उदासी'