शहरमा गजल लेख्छु

गजल

आज बिदेशको शहरमा गजल लेख्छु
गजलकार बन्ने रहरमा गजल लेख्छु

अचेल गजलको बाढी आयोको देख्दैछु
यै बाढीहरुको नहरमा गजल लेख्छु

भान्डार भर्नु छ शब्द शब्दको गजलमा
त्यसैले शब्दको लहरमा गजल लेख्छु

लेख्ने क्रममा धेरै फजल पनि लेखिएछ
अचेल सुधारेर बहरमा गजल लेख्छु


दीप दर्शन
जाजरकोट
अध्यक्ष उदाउदो तारा साहित्य समाज
पेनङ मलेसिया

,