संसारी माया विचित्र-मुक्तक

रूपलाल बिश्वकर्मा 'रु.अ.'
( १ )
माया भन्ने चिजै यस्तो, जति बुझ्यो त्यति गहिरो
लाउन जाने माया मिठो, नत्र भने क्ष्यति पहिरो ।...।।
हुन्छन् पाटा लाग्छन् खाटा, मायाको यो सेरोफेरो
मायाले नै सृष्टी चल्यो, भयो सबलाई अति प्यारो ।।
( २ )
आकर्षण र बिकर्षण, दुबै शक्ति आसक्तिमा
अनेकौं रुप यसको, नसुल्झने गति गहिरो ।
हँसाउने र रुवाउने, दुइटै कला मायाको
विचित्रको माया कस्तो, नजाँनिदो त्यति गहिरो ।।
 ( ३ )
अडेको छ मायामा नै नाता-गोता ईष्ट-मित्र
आफ्नै दृष्टि आफ्नै सृष्टी, विमतिमा मति लहरो ।
तिम्रो नशालु हेराईले, मलाई लठ्ठै पार्‍यो नि
यस जुनीको चोखो माया, साटौं कि त रति प्यारो ।।
दमौली, तनहुँ 
हाल: युएई.