मुक्तक- देश हाक्ने ए! युबा......

                   मुक्तक
                   
                    (१)
देश हाक्ने ए ! युवा दुर्व्यसनको सिकार नबन 
खुसेनिछो चाम्लिङ्ग
समाजलाई दुर्गन्धित बनाउने बिकार नबन।
बिकृतीका बिरुवाहरु उठाउ जरै देखि अब 
नशा संगै अल्मलिएर बिधताको धिक्कार नबन।।
          
                  (२)

 तिम्रो मायाँ जतन गरि सजाई दिन्छु आँखै भरी
कोइलीको भाका संगै गुन्जाई दिन्छु पाखै भरी।
बिस्वासको फूलबारीमा मायाँहरु फुले पछी 
समर्पण भै प्रीतमा हराई दिन्छु काखै भरी।।

                  (३)

 सितिमिति नसम्झनु आँधी पनि रोक्न सक्छु 
बिरुद्धमा आउनेहरुलाई गोलि पनि ठोक्न सक्छु।
कसम मैले खाएको छु देशको रक्षा गर्ने 
गोर्खाली सिपाही हुँ सिंगो देश पनि बोक्न सक्छु।।
                 
                    (४)

सोध्नै पर्थ्यो सोध्यौ पनि, जवाफ मैले दिइन कान्छा 
सोँच्दे थिएँ होसमा थिएँ, बेहोसमा थि इन कान्छा।
फाटेको यो मनलाई टाल्न मल्हम पट्टि लगाएर 
सियो धागो दियौ कान्छा, तर मैले  सीइन कान्छा।।

     -  शंखुवासभा
       हाल: न्यु, डिल्ली