२८ नोभेम्बर ११, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको नियमित इबैठक सम्पन्न भयो ।
                  महासङ्घ केन्द्रिय समिति र विश्वभर छरिएर रहेका १० मुलुकका १३ शाखाहरु तथा आबद्ध संस्थाहरुको विविध गतिविधिहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराइयो । महासंङ्घद्धारा प्रकाशन हुन लागेको साहित्यिक पत्रिका, विश्व साहित्य सम्मेलन गर्ने सम्बन्धमा र पुरस्कार तथा सम्मान ब्यवस्थापन सम्बन्धमा पनि ब्यापक छलफल गरिएको थियो ।

साहित्य महासङ्घ अन्तर्गतको नेपाल सम्बन्धि सुचना सुधार कार्यदलले बुद्धको जन्मस्थलको बारेमा गरेको पहलको प्रसंसा गर्दै धन्यवाद ज्ञापन गर्यो । त्यस्तै गरि भर्खरै स्थापना भएको विश्व नेपाली साहित्य महासङ्घ, क्यानडालाई हार्दिक स्वागत प्रस्ताव पारित गर्यो ।
बैठकको शुरुमा मलेशियाबाट दीप दर्शन, साउदी अरेबियाबाट सागर श्रेष्ठ, बेलायतबाट सुरेसजंग शाह, इजरायलबाट भगवती बस्नेत, रसियाबाट डा. मधु माधुर्य र बैठकको अन्तमा नेपालबाट मोहन राई परदेशी र अमेरिकाबाट नम्रता गुरागाईले आआफ्नो सिर्जना बाचन गरेका थिए । सल्लाहकार तथा सुचना सुधार कार्यदलका संयोजक मुरारीराज शर्माको समेत सहभागिता रहेको उक्त बैठकको अध्यक्षता रसियाबाट अध्यक्ष डा. मधुमाधुर्य ले गर्नुभएको थियो भने ब्रुनाईबाट महासचिव विश्वास दीप तिगेलाले संचालन गर्नुभएको थियो ।