क्रान्तिकारी हातहरु



बिना अग्नी जले क्रान्तिकारी हातहरु
आज सबै गले क्रान्तिकारी हातहरु।

आउ बचाउ भन्थे सबै त्यो नेतृत्वलाई
तर, विध्वंसले ढले क्रान्तिकारी हातहरु।

न त यहाँ दाईले जित्यो न त भाईले
त्यसै गोली फले क्रान्तिकारी हातहरु।

युद्धले चर्कियो छाती शान्तिको अग्रदुत
दु:खको घाउ ताले क्रान्तिकारी हातहरु।