बस्छु घर जाने दिन गन्दै बाटो हेरेर


गजल-
बस्छु घर जाने दिन गन्दै बाटो हेरेर
आफ्नै देशमा चन्द्र भन्दै रातो हेरेर।

फलाउछु आफ्नो परिश्रम गर्दै फल
मातृभुमि, जन्मथलो भन्दै माटो हेरेर।

सुखमा सधै रमाउछु भन्थे तर आज
मन बुझाउछु दु:खको भन्दै पाटो हेरेर।

पिउछ आफै जिउछ आफ्नै संसारमा
गाउँको  त्यो सानो लाटो भन्दै हेरेर।