आयौ तिमी

गजल
-नवराज बुढा नवीन उदासी

आयौ तिमी उजाड जिवनलाई, रङ्गीन सम्झिएर।
सम्हाली राखें मैले पनि जीवन, सङ्गीन सम्झिएर।

बिवशताको हुरिले छुटाएको छ आज साथ हाम्रो, 
अझै भक्कानिन्छु बिछोडको त्यो, दिन सम्झिएर।

याद गरिनै रहन्छु मैले नित्य तिमिलाई एकनास 
दिन बिताउँदैछु सधै नै साहुको, ऋण सम्झिएर।

घरीघरी सताउँदा परदेशमा तिम्रै कञ्चन मायाले,
हररात तस्विर हेरि निदाउँछु, एकैछिन सम्झिएर।

मायाँ भन्दा पैसा ठूलो होइन, थाहा छ तर पनि,
बसेकोछु ठुलाले हेर्ने बिभेडको, घिन सम्झिएर।

-बुढागाउँ, रोल्पा।