नसोध परदेशिलाई...

थेगो-
नसोध परदेशिलाई
परदेशको पीडा कति छ,
बसेको छु मन जलाई।

गाउँ घरको यादले सताउदै छ।
दैनिकी मेरो मेसिन झै हुदैछ।

जहिले पनि बिदेशकै कल्पनामा हुन्थे।
ठुलाठुला सपना मनभरी बुन्थे।

कस्तो भयो होला मेरो गाउँको सेरेफेरो।
फुटि गए सपना भयो जीवन् अधुरो।

कोदो रोप्दा सम्झिन्छु बसेको त्यो आलि।
जति भलो गरेनी खान्छु साहुको गाली।

दिन बित्छ सधै आशै आशमा।
पेट पाल्छु सधै एकै गगासमा।

दिन पनि सधै मलाई भयो राती।
दुख पर्दा पानीदिने छैनन् साथी।

एकै दिन काम नगरे हुन्न माम।
सोचे जस्तो छैन तलब गरेनी काम।

अब छिट्टै फर्किन्छु आफ्नै गाउँ घर।
जुगौभरी परदेशिने छैन रहर।

© नवराज बुढा "नवीन उदासी"
रचना मिति : २०७२/०३/२५

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email : nbnabinudasi@gmail.com