निर्दोष त्यो तिम्रो


-नवीन उदासी 

निर्दोष त्यो तिम्रो तस्वीर हेरी रहन्छु। 
हेरेर तिमिलाई अंगालोमा बेरी रहन्छु। 

नमुना होस् यो हाम्रो मायाँ लैला मजनु झैँ 
तिमिलाई नै मन प¥यो कसरी भनु खै ! 
तिम्रै नाममा दुई चार शब्द केरी रहन्छु 
हेरेर तिमिलाई अंगालोमा बेरी रहन्छु। 

पिरतीको एउटा फूल रोपौँला संगै, 
हुर्काउन सधै मायाँलाई गोडौँला संगै। 
बाध्यताले टाढा जाँदा फर्केर हेरी रहन्छु, 
हेरेर तिमिलाई अंगालोमा बेरी रहन्छु। 

निर्दोष त्यो तिम्रो तस्वीर हेरी रहन्छु। 
हेरेर तिमिलाई अंगालोमा बेरी रहन्छु।