कविता


-नवराज बुढा 'नवीन उदासी'


मनमा जति चोट भए पनि,
मनमा जति पिडा भए पनि।
एउटा सहानुभूति प्रकट गर्दै
 हांसी रहेको छ, जलजला हिमाल।
यो नेपालकै धरोहर हो,
यो नेपालीकै सान हो,
सदा सर्बदा सफा मनले यसरी
नै अनन्त हाँसिरहेको र
हांसी रहनेछ।

टाढा बाट नै उच्च देखिन्छ शिर।
बिचरा उसको पनि हुँदो हो मनमा पिर।
मान्छे किन रुन्छ ?
 मान्छे किन दुःखी हुन्छ ?
यस्तै चिन्ह यो मनमा
 खडा भैरहन्छ।

तर..... अन्यक बाधा अड्चनहरु
भए पनि हाँस्नु पर्छ।
जलजला हिमाल हाँसेझैं
वरपरी प्रोथा बुट्यान आदी
रुखहरुमा मन्द मिठो मुस्कान छरी।
जसले हामीलाई सोच्छ हावापानी
दिईरहन्छ।

हिउँले सेताम्य भएर
 कन्चन देखिरहन्छ,
बाह्रैमासे सेरोफेरो बस्ति सारा
हराभरा भैरहन्छ।
यो देखेर मेरो 'नवीन'
तर  उदासी मन पनि
एउटा अठोट गर्छ- हो म पनि
जलजला हिमाल मात्रै होइन।
माछापुच्छे हिमाल, सिस्ने हिमाल
आदि इत्यादि हिमालहरु जस्तै
यसरी नै हांसी रहन, हो हांसी रहन।

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email : nbnabinudasi@gmail.com