रोल्पालिहरुको बियोगको चोट


-नवीन उदासी

रोल्पाको पाङमा जन्मिएका उदयमान गायक गीतकार तथा संगीतकार सागर अविरलको एकल संगीतमा सरगम समुहको पहिलो आधुनिक गीती एल्बम 'वियोगको चोट' गत केहि महिना पहिले रोल्पाको लिवाङमा लोकार्पण गरिएको थियो।

'वियोगको चोट' गीति एल्बम भित्र सम्पूर्ण रोल्पाली नयाँ कलाकारहरुको संयुक्त प्रस्तुतिमा अत्यन्तै मार्मिक तिन ओटा आधुनिक गीतहरु समावेस छन्। गीत संगीतको पारखी मलाई पनि त्यी गीतहरु सुनिरहँदा वियोगले छातीभरी छतपति भैरह्यो। त्यसैले त दुई चार शब्द लेख्ने दुस्साहस गर्दैछु।

गत बर्ष DMG समुहको आधुनिक गीति एल्बम 'सृष्टीको फूल' बजारमा आएको थियो भने 2070 को आगमन संगै यो बर्ष सरगम समुहको संयुक्त आधुनिक गीति एल्बम 'वियोगको चोट' भर्खरै बजारमा आएको छ।

बिगत दश बर्षे जनयुद्धकालमा सालिन जनताहरुको रगत र पसिनाले मुछिएको रोल्पा आज अशिक्षित बाट शिक्षित हुँदै साहित्यमा निकै अगाडी पुगिसको छ। त्यसैले महिनै पिच्छे कसैको कृति विमोचन भैरहेका छन, कसैको गीती एल्बम लोकार्पण भैरहेका छन। यसरी वर्तमानबाट बिगतलाई परिकल्पनाको दृर्ष्यबाट हेर्ने हो भने यो एउटा खुसीको कुरा हो। यसरी पहिले जनयुद्धकालमा ठाउँ ठाउँमा माओबादिका आमसभा, कार्यक्रमहरु हुन्थेँ। तर आज त्यी ठाउँहरुमा नयाँ निति र समाज परिवर्तणका कार्यक्रम संगै लिएर साप्ताहिक, पाक्षिक, मासिक साहित्यिक कार्यक्रमहरु भैरहन्छन। त्यसैले पनि होला आज रोल्पा साहित्य क्षेत्रमा तिब्र बढिरहेको छ। यी सबै सदा भैरहने साहित्यिक कार्यक्रमहरुको लगावको नै प्रतिफल हो भन्दा पनि फरक नपर्ला।

पाँच ओटा जिल्लामा रहेको राप्ती अञ्चल प्युठान, रुकुम, सल्यान मध्य दाङ र रोल्पा साहित्यमा अझ बाक्लो भिड देखिन्छ। त्यसैले आज भोली नयाँ नयाँ युवा स्रष्टाहरुको जन्म भैरहोको छ र हुने क्रम पनि जारी नै छ।

यस्तै विचमा नयाँ आधुनिक गीति एल्बम 'वियोग चोट' आज तपाईको माझमा, हामि सबैको माझमा आएको छ। यो एल्बम भित्र आँशु मेरो झरेकै छ, जलाएरै मार्ने भए, तिमिले नै घृणा गर्यौ.. यी तिन ओटा अति राम्रा गीतहरु रहेका छन्। यी गीतहरुमा सबै संगित सागर अविरल र दुई ओटा गीतका शब्दहरु पनि सागर अविलकै छन भने आँशु मेरो झरेकै छ.. शब्द मात्र साधना पुन र गायक कर्ण खड्का अनुरागीको स्वरमा सजिएको छ भने तिमिले नै घृणा.. इन्द्र (पाखे) मगरको स्वर र शब्द संगीत सागर अविलकै छ। त्यसैगरी जलाएरै मार्ने भए.. यसमा शब्द, संगीत र स्वर अविरल आफैले गर्नु भएको छ।

यसरी पहिलो पटक तिन ओटा गीतमा संगीत भरि सकेका बहु प्रतिभाका खानी सागर अविरलले लामो समय र औपचारिक संगीत नसिकेता पनि उहा संग संगीतको बारेमा हल्का मात्र ज्ञान छ रे.. मैले उहाँ संग धेरै कुरा गरेको थिएँ उहाँले "मैल कतै संगीत सिकेको छैन। सिक्ने कुरा प्रबिधिको भो। तर स्वर संगीत त नेच्युरल रुपमा आउने कुरा हो।" यस्तो भन्नु भयो। तर उहाँको संगीतमा हुनु पर्ने उत्कृष्टता छ। भविष्यमा एउटा राम्रो संगीतकार र चर्चित गायक बन्न सक्नुहुन्छ भन्ने उहाँका कलाहरुले सङ्केत दीइरहेको छ। यसर्थ पुरै टिम लगायत एल्बम सफलताको लागी अग्रिम शुभकामना छ। अन्त्यमा उक्त गीतका CRBT हरु..

आँशु मेरो झरेकै छ
मनमा पिर त परेकै छ।

एल्बम: वियोगको चोट
शब्द: साधना पुन
संगीत: सागर अविरल
स्वर: कर्ण खड्का अनुरागी
CRBT 0160021565
PRBT 60528430
UTL 77314498

तिमिले नै घृणा गर्यौ..
एल्बम: वियोगको चोट
शब्द/संगीत: सागर अविरल
स्वर: इन्द्र (पाखे) मगर
CRBT 160021567
PRBT 60528432
UTL 77314500

जलाएरै मार्ने भए..
एल्बम: वियोगको चोट
शब्द/संगित/स्वर: सागर अविरल
CRBT 0160021566
PRBT 60528431
UTL 77314499

(Note: एल्बम बारेमा बुझ्न चाहनु हुन्छ भने सागर अविरल +977 9847895367 र कर्ण खड्का अनुरागी +977 9844901686 मा डायल गर्न सकिने छ।)

,