गजल

नवराज बुढा 'नवीन उदासी'गजल 

बालापनका साथीहरुले पनि भुल्दै गए होलान्। 
मेलापात संग-संगैं निर्जन वन् दुल्दै गए होलान् । 

सानै रोपि छोडी आएँ अपार लाग्ने प्यारो मायाँ, 
कल्पनामै हराएर सोंच्छु आज फुल्दै गए होलान्। 

दशैं तिहार आउँदा घर बन्धुत्वमा नै नैराश्य हुन्छ, 
यो साल पक्कै आउँछु कैयौं बर्ष झुल्दै गए होलान्। 

देश खोज्दै आफै हराउँदै छु बिदेशमा एक्लै आज, 
साथी संगी'नि शिक्षाको घाम संगै खुल्दै गए होलान्। 

कैयौँ सपना सजाएर खाडि तिर लाग्दा पनी आज, 
संझंनामा मैले छोडेका यादहरू बटुल्दै गए होलान् ॥