पाँच गजलहरु

नवीन उदासी

नवीन उदासी

नवराज बुढा 'नवीन उदासी'

नवराज बुढा 'नवीन उदासी'गजल-१

सबैका मनमा खुसी देख्न पाउँ नवबर्ष। 
छुटेका आफन्त सबै, भेट्न पाउँ नवबर्ष। 

म धेरै बर्ष देखी बिदेशमै बस्न बाध्य छु, 
छिट्टै स्वदेश पाईला टेक्न पाउँ नवबर्ष। 

तिमि सधै आएर नि जान्छौ तर यहाँ उस्तै, 
बिकृति र बिसंगति मेट्न पाउँ नवबर्ष। 

एउटा नाम त राख्नुछ बर्षौँ पछि आएर, 
परिवर्तनको कुरा लेख्न पाउँ नवबर्ष। 

युवा बिदेशीनेको लहरले गाउँ शुन्छ छ, 
देउ रोजगार युवा छेक्न पाउँ नवबर्ष।। 

छन्द: हिमावती 
SSI SSS SSS ISS ISS 
त म म य य 
(आठ अक्षेरमा बिश्राम)

गजल -२

जिन्दगीको यात्रा अब तिमि संगै गर्न चाहान्छु। 
बाँचे पनि मरे पनि तिमि संगै, मर्न चाहान्छु। 

टाढा भो मुटु, कति बस्नु तड्पीएर वारिपारि, 
अब सदा तिम्रो मनमा बसाई, सर्न चाहान्छु। 

तिमिले मलाई मायाँ गर्छु भनि फसाए पनि, 
घुम्टो हताई यी हातले सिउँदो, भर्न चाहान्छु। 

कहाँ पुग्छ ? था'छैन् अन्धकारको जीवन यात्रा, 
पाए तिम्रो तिम्रो साथ गन्तब्यको दीप, छर्न चाहान्छु। 

नफुलेर फूलहरु कोपिलामै छन् खडेरीले गर्दा, 
तर म त फूल भै फुलेर मात्र, झर्न चाहान्छु।।

गजल-३ 

हरेक बर्ष के लीई आउँछ नयाँ साल संग प्रश्न छ !

जनता मारी भुडी भर्ने नेताको थाल संग प्रश्न छ !

कोही दु:खमा मरी बाँच्दा कोही सुखमा परी हाँस्दा

मर्ने लागे'नी आज दु:खै दु:खमा काल संग प्रश्न छ !

मेरो पनी मनै हो पिडा एउटै  घाउ दुख्छ थरी-थरी

दुखाएर झारी आँशु बगाई लाने छाल संग प्रश्न छ !

यस्तो मिलाउँछु उस्तो मिलाउँछु भन्दै कुरै कुरामा

तर आज सबै त्यी सिमित पार्ने चाल संग प्रश्न छ !

माछा मारी रहे डुंगा तारी रहे जिन्दगीभर माझीले

माझी दाइको आज रारा र  फेवाताल संग प्रश्न छ !

गजल -५ 

तिमीले मायाँ मार्यौ भनेर एकोहोरो, हुँदै थिएँ म त

सम्झेर फेरी भित्रि मन भक्कानिएर, रुँदै थिएँ म त।

सम्झनालाई चिनो साटेको रुमाल हातमा समाउदै

आँखाभरी तिलपिलाएका आँशुहरु, पुछ्दै थिएँ म त।

झल्को आउँदा त्यो अतितको बल्झिदिन्छ घाउ मुटुभरी

पल-पल तिम्रो त्यो  फोटो हेरी स्पर्षले, छुँदै थिएँ म त ।

हराएको थिएँ म आज जिन्दगीको स्वप्निल संसारमा

लग्दा खुसी मेरो बनायो दु:खी सडेर, कुँदै थिएँ म त।

भावनाको  रहरहरु  कता  पोखेर   हराउँदा   आज

खोजेर  मनको  रहरमा  दु:खहरु,  धुँदै  थिएँ  म त।