दिन्छौ भने त्यो हात...

लोकदोहोरी गीत

थेगो केटा : दिन्छौ भने त्यो तिम्रो हात ससमाउछु
                 जान्छ्यौ भने ए कान्छी,
                दाङ्ग हुँदै तिमिलाई रोल्पा घुमाउछु।

केटी थेगो : दिन्न हात घुम्न जादैन।
                अचेलका अल्लारेको भर,
                यो मनले लालाउदैन।

गीत

केटा : मस्किन्छ्यौ दुइदिनको जवानी देखेर।
          जलजला जाउला घोराही बस चढेर।

केटी : कुरा गर्‍यौ पिरतिको छौकी मायाको भोको ?
          गङ्गाझै राखेकोछु यो मनलाई चोखो।

केटा : स्वर्गद्वारी गएर गरौला दुबैले कल्याण।
         तुल्सिपुर हुँदै पुगौला कपुरकोट सल्यान।

केटी : माकुरिले झै पार्छौकी जालमा फसाई।
         चुलबुलेको भर हुन्न राख्छौ उतै समाई।

केटा : तरेर जाउला रमाउन चपिघाट मेलामा।
          यस्तै भन्छन सबैले बैशको बेलामा।

केटी : नजिकै छ भन्छौ घर रोल्पाको होलेरी देखि।
          केके गर्‍यौ मनै चोर्‍यौ पहिलो भेटमै भेटी।

केटा : बुहारी चाहियो भन्दै छन आमाले।
          मन चोरेको होइन तिम्रो बहानाले।

  © नवराज बुढा "नवीन उदासी"
रचना मिति : २०७३/०६/२०