कविता


संगै हिंडेका त्यी बाटोहरु
 आज पनि उस्तै छन् होला,
 देउराली त्यी भन्ज्याङको
 लाकुरी  पनि उस्तै छ होला|


 मेलापात जाँदा
 साथीभाईहरु संग रमाउँदै
लडिबुडी खेल्दै हिंडेका त्यी भिर
 पाखाका गोरेटोहरु आज पनि उस्तै
छन् होला|
आज फर्केर आउंदैछु
 त्यहि माटो भएर, त्यहि बाटो भएर|
सायद. त्यो बेला तिमि
कतै देखा पर्ने छौं, र
 फर्किएर हेर्ने छौ..
 एक छिन गम्भीरभै हेर्ने छौ|
 तर तिमीले मलाई
चिन्न सक्ने छैनौ|

किनकी त्यी बाटोहरु फेरीए...
त्यी माटोहरु फेरिए..
तिमीले र मैले टेक्ने एउटा
धर्ती भए पनि| 
 जुन बेला तिमि बाट घृणित भए
 म एक्लो उदासी भएको थिएँ|
 तर आज मैले  तिम्रो अघि केहि
गरेर देखाउनु छ|

त्यो बेला तिमि पश्चात्तापमा
 जल्नु शिबाए बिकल्प अरु केहि पनि
 हुने छैन| अब हामि एक हुन् सक्दैनौ
 किनकी तिमि अर्कैको भैसके हुन्छौं... |