कविता

नवराज बुढा 'नवीन उदासी'यो मन रुँदै छ, 
यो मन भक्कानिदै छ। 
साथीभाईहरुका मन, 
मेरो आफन्तहरुको मन, 
घर परिवारको मन, 
अनि संगै जीवन बिताउने 
संकल्प गरेको... 
उनको मन 
संझनामा कति रुने होला ? 
तर पनि के गर्नु बाध्यता छ 
म भित्र। 
त्यसैले म यो देश 
छोडेर जाँदैछु। 

मेरो पनि मन खुसी त 
कहाँ छ र ? 
मात्रै सम्हालेको छु। 
किनकि म एउटा छोरा मान्छे हुँ। 
त्यसैले मैले 
मन खिन्न बनाउनु हुँदैन। 
मैले एउटा 
परिवारमा असल 
सदस्यको भुमिका निभाउनु छ। 
मैले आँशु झार्नु हुँदैन। 
किनकि बिदाई हातहरु 
हल्लाउँदा सबैले... 
मेरो भावुक र मलिन अनुहारमा 
हेर्ने छन र 
सबैको आँखामा 
साहुनेझैँ बहने छ। त्यसैले मुटुमाथी ढुंगा राखी 
मनभरी असह्य र 
अविरल संझनाका 
पोका र पन्तरा 
बोकेर म यो देश छोडेर 
जाँदैछु। 

जन्मे हुर्केको जन्म थलो, साथीभाईहरु 
संगै रमाएको त्यो पल 
सबै-सबै 
भुल्न बाध्य भएर 
जसोतसो घरबाट निस्किएँ। 
तर यो मन साह्रै गह्रौँ भएर आयो। 
घरमाथीको अग्लो डाँडा नकाटुञ्जेल 
अन्तिम संझना छोड्दै 
पाइला 
अगाडी बढाएँ। यो मनले मानी रहेको 
थिएन। 
बाटोभरी बालापनका साथीहरु भेटिए, 
भने कहाँ हिँडेको ? 
आँखाभरीको आँशु 
पुछ्दै मैले भनेँ- म यो 
देश छाडेर जाँदैछु।। 

म यो देश छाडेर 
गए पनि 
म छिट्टै स्वदेश फर्किनेछु। 
तर समय र यो परिस्थिति.. 
न रोकेर रोकिन्छ, 
न छेकेर छेकिन्छ.. 
यहि समयको पखेरुलाई पछ्याउँदा पछ्याउँदै 
मलाई यो 
बिरानो शहरको कुनामा 
कतै हराउदा... 
कतै सुन्छु, कतै तहल्छु 
यादहरु सताउन 
थाल्छ। 
कतै पढ्छु 
अखबारहरुमा 
कतै देख्छु आफ्नै आँखाले.. 
उराठ लागेर आउँछ। 
जसको साथ पाउने 
निश्चित हुँदा धोका भयो, 
जसले मलाई जीवन दिनु भएको थियो। 
आज गुमाएँ सदा सदालाई.. 
आफ्नै देशमा केहि गरौँ 
त्यसैले नभन्नु है 
यो देश छोडेर जान्छु.. 
यो देश छोडेर जान्छु।।