रोल्पा पुगेपछि नवीन


१० बर्षे जनयुद्ध पश्चात रोल्पामा साहित्यको माहोल निकै फस्टाएको छ| पाक्षिक, मासिक साहित्यिक कार्यक्रमहरु नियमित भैरहन्छन| अझ साहित्यिक पुस्तकहरु प्रकाशन गर्नेको त झन् एकदम लहर चलेको छ| यसमा धेरै जसो रोल्पाबाट प्रकाशन हुने कृतिहरु गजल विधा नै पर्छन| यसै क्रममा ललित साहित्य परिषद्, रोल्पाले केहि हप्ता पहिले सदमुकाममा आयोजना गरेको राप्ती अन्चल स्तरीय गजल प्रतियोगितामा भाग लिन रेडियो मध्यपश्चिम दाङका गजलकार रोल्पामा पुगेर युक्त गजल प्रतियोगितामा प्रथम स्थान हांसील गरि सके पछी आफ्नो फेसबुक स्टाटसमा यसरी अपडेट हुनु भएको छ:

"हुन त करिब १५ वर्ष पहिले मेरो बुवा सरकारको बर्दी लगाएर रोल्पा पुग्नु भएको थियो । उहाले बोकेको राईफल र तत्कालिन रिसाएको रोल्पा विचको भिडन्तमा मेरो बुवा घाईते हुनु भयो । अहिले पनि मेरो बुवा अपाङगताको जिवन ब्यतित गरीरहनु भएको छ । १५ वर्ष पछि एउटा गजल लिएर रोल्पा पुगेको थिए म केही दिन पहिले। मैले केही गुमाउनु परेन । रोल्पामा मौलाईरहेको साहित्यको माहौल ओ हो ...... मैले त कल्पना नै गरेको थिएन । त्यसमा पनि गजल विधामा रोल्पाली युवाहरु यसरी लागेका छन मानौ उनिहरु गजल नै खान्छन, विस्ट्याउछन, ओढ्छन त्यसैमा सुत्छन पनि ।

रोल्पाबाट फर्किएपछि रोल्पाको नाममा केही शब्द लेख्नु पर्ने भएपनि ब्यस्तताको कारण सकिन आज औधी याद आईरहेछ त्यो लिबाङ, ललित साहित्य परिषद, त्यहाका साहित्य अनुरागी मनहरु, खेमराज गाउँले, नवीन लोचन, ओम पक्षि, लोक आलोक, दामु मर्सिफूल, कविता उपाध्याय, के वि बैरागी, नारायण सुबेदी, डि वी टुहुरो, मोहन सहयात्री, लगाएत गजल मन पराउने सबै ।

चेतना र रुपान्तरण जन्माएर सुत्केरी समय बाचिरहेको रोल्पा प्रति म लाखौ लाख नतमस्तक छु"

तस्बिर: आशिष क्षेत्री

  —