गजल

नवराज बुढा 'नवीन उदासी'-नबराज बुढा 'नबिन उदासी'

गाउँ छोडी आउँदा बिरानो, सहरमा एक्लो भएँ
रमाउने जिन्दगीको, रहरमा एक्लो एक्लो भएँ। 

मतला छ एका तिर, काफिया छ एका तिर  
संगै लेख्छु गजल तर, बहरमा एक्लो भएँ।

सनागी साथमै हुन्थिन होला सायद म संग उनि
आज टाढा हुँदा सम्झनाको, लहरमा एक्लो भएँ।

मेरो आँशु बग्यो यता, उनको आँशु बग्यो कता ?
बग्ने आँशु हाम्रो छुतिंदा, किनारमा एक्लो भएँ।

म पिउँथे, म जिउँथे उनी सँग, साथ्मै सँग सँगै
तर कहिले कहीं मैले पिउने, जहरमा एक्लो भएँ।।