गजल - दिन मेरो

गजल
-नवराज बुढा "नवीन उदासी"

दिन मेरो आजभोलिमै अल्झेर गएछ।
कतिखेर बैँस जति सबै ढल्केर गएछ।

हातैमा समाएको छु भन्थें समयलाई,
मलाई फेरी अहिले'नी कुल्चेर गएछ।

समयलाई पछ्याएर पछि हिड्दा'नि,
मनका खुसीहरु लग्न पल्केर गएछ।

बालापनकै गोरेटोमा फर्कीउ भन्छु, 
रहरभित्र फेरि डढेलो सल्केर गएछ।

सपनिमा आउने कमलो त्यी यादहरु,
बिगतको फोटो आँखामै झल्केर गएछ।

२०१६ अगस्त ३१