पाँच गीतकारहरुको गीत सार्वजनिक

देश–परदेशमा रहेका पाँच जना गीतकारहरुको सँयुक्त प्रस्तुती “केही काँडा केही फूल” साँगीतिक एल्बम यही जेष्ठ ३१ गते शनिबार दिउसो दुइ बजे होटल नेशनल भिजन तिनकुने काठमाण्डौंमा लोकार्पण हुने भएकोछ । उक्त एल्बमभित्र आधुनिक गीत तथा गजलहरु समावेश छन् जसलाई चर्चित गायक गायिकाहरु जगदीश समाल, अञ्जु पन्त, दिपक लिम्बु, मिलन अमात्य, निशा देशार खुशेनिछो चाम्लिङ, कृष्ण राना, श्रेयसी चेमजोङ तथा सागर अबिरल जिसीले आवाज दिएका छन् । नबराज बुढा “नवीन उदासी”, पदमा लिंखा मगर, सन्दीप ढकाल “दीप” शान्ति पाख्रिन तामाङ र तिब्वत दर्लामीका शब्दहरुलाई युवा संगीतकार राजेश थापाले एकल सँगीत दिएकाछन् । जम्मा आठ वटा गीत गजलहरु समाबेश भएको “केही काँडा केही फूल” एल्बमलाई पञ्चामृत म्युजिक एण्ड मुभीले बजारमा ल्याउन लागेको हो । साथै हाम्रा सहकर्मी नबराज बुढा नवीन उदासीले जानकारी गराए अनुसार तिब्वत दर्लामीको गजल सँग्रह “सम्बोधन” पनि सोही अवसरमा लोकार्पण हुनेछ । कार्यक्रममा नेपालका बरिष्ठ साहित्यिक तथा साँगीतिक हस्तीहरुको उपस्थिती रहनेछ ।