दुई मुक्तक


तिमी गर्छ्यौ सधै चुरापोते (साडी) सारीको कुरा।

बुझ्दैन भन्छौ म एक्लो नारीको कुरा।
म तिम्रै खुसिका लागि चिन्तनमा दुब्दा,
सपना देख्छु सधै समुन्द्र पारीको कुरा।

मुक्तक

देशको विकास गर्ने युवा सवै खाडीमा छन।
मरुभूमि बगर वरिपरि ब्यस्त झाडीमा छन।
गाउँघर सबै शुन्य छ, युवालाई भेट्नै गाह्रो,
बुढा बाआमा मात्रै एक्लै  खेतबारीमा छन।
-नवराज बुढा "नवीन उदासी"