गाउँलेको कथा

-नवराज बुढा 'नवीन उदासी'

रोल्पाली साहित्यकार Khemraj Gaunle को कथा 'सपनै सपना' केहि हप्ता अघि ई-मेल मार्फत पठाई दिनु भएको थियो| परिमार्जन गर्न बाँकी नै छ| मेरो कथा कस्तो लाग्यो हेर्नु होला भन्नु भएको थियो| तर व्यस्तताले गर्दा पढ्न पाइरहेको थिएन| आज सबै पढें| पढ्दै जाँदा म पनि कथाको भाव संगै हराउन थालेछु| पछी थाहा भयो मैले त खेमराज गाउँले कथा पो पढ्दै थिएँ| कथा परिमार्जन गर्न बाँकि भए पनि कथा साँची अति नै मार्मिक छ| काल्पनिक कथाको अंश पुरै हरफरुमा वास्तविकता झल्केको छ, वास्तविक परिदृश्यलाई नै चित्रण गरिएको छ| कथालाई  २ पटक पढें अझै पढ्न मन लाग्यो|

कथाले निकै मन तानी रह्यो| कथामा जाडो यामको बेला रोल्पा सदरमकाम लिवाङ बजारमा  अवस्थित टुडिखेलमा घाम ताप्नलाई कथाको भाव मार्फत गाउँले टुडिखेल बजारमा घाम ताप्न उक्लिछन्| उक्लि सके पछी टुडिखेल वरपर सबै तिर सुन्तला बेच्न राखिएको हुन्छ| गाउँलेलाई किनेर खान त मन लाग्छ| तर एक्लै खान मन नलागे पछी .... 'उनीलाई फोन गरेर बोलाउछन र उनि आए पछी टुडिखेलको पश्चिम तिर बसेर न्यानो घाममा सुन्तला  खाँदै गफ गर्छन .... उनि सदरमुकाम आउनुको मुख्य कारण त पढाई थियो| तर पढाई अलावा संचारकर्मी पेशालाई अंगालेका हुन्छन| एउटा बिजि सुन्तलाको १० रुपियाँ पर्ने  भएकोले यस बारेमा न्युज बनाउने पनि छलफल हुन्छ|
यसरि त्यहि बसेर कुरा गर्दा गर्दै कति बेला बिहानीको त्यो पारिलो घाम अस्ताएको हुन्छ र बजार तिर पसेर म:म खान्छन दुबैले| ..उनले खान त मानिरहेको हुँदैन तर गाउँले खुवाउछन उनलाई पनि..| फेरी सुरु हुन्छ टुडिखेलको गफमा उनि भन्छन:-

 "ऋण लिएर केही व्यवसाय गरेर बसूँ, मनले
भन्छ । तर कसैले २ हजार सापटी दिन मान्दैन । तर विदेश जानेलाई त ३÷४ लाख ऋण सापटी
अहिले भर्खरै दिन तयार छन्, हाम्रा गाउँका मान्छे ।’ उनले निराशा व्यक्त गर्दै भने– ‘म त जसोतसो
बाँचुला आज । तर म त भोलि पनि बाँच्नु छ । मैले त आमा बुवा पाल्नुछ । भाइलाई पढाउनुछ ।
एक्लै रमाएर मात्रै यो शहरमा मेरो काम छैन । मेरो भविष्य मैले नै देखेको छैन यहाँ । त्यसैले ....’
गाउँमा अहिले पैसा धेरै छ । तर उत्पादनमूलक क्षेत्रमा प्रयोग भएको छैन । आफूसँग भएको
पैसाले कि सदरमुकाममा घर बनाएका छन् । कसैले जिल्ला बाहिर जग्गा किनेका छन् । गाउँमा
केही गर्न कस्सिएका युवाहरुलाई पैसा सापटी दिइदैनन् । गाउँमै के गर्छ । पैसा डुबाउँछ । कसरी
तिर्छ भन्ने आम जनतामा छ।"

यस्तै सुख दुःखको कुरा साटासाट हुन्छ दुई बीच| ‘यो जिन्दगी नसकिदासम्म त जीवन कथाको अन्त्य हुँदैन।’‘उसो भए आजको कथा अन्त्य गरौं| भनि दुवै छुत्तिन्छन| कथा पनि समाप्त हुन्छ|

(नोट: वाह ! खेमराज सर कथा साह्रै मार्मिक लाग्यो| तर ...उनिको ठाउँमा अन्य पुरुषको नाम राखे अझ राम्रो हुन्थ्यो भन्ने मेरो धारणा छ सर| अरु प्रसंमा उनि पनि एकदम ठिक छ| तर जहाँ विदेश जाने कुरा छ| त्यहाँ नेर अलिकति ..उनि उचित मानिन| अरु त सब ठिक छ| लेख्दै जानु होला| हजुरमा धेरै खुवी छ| हार्दिक बधाई !)