सङ्ग्रह बारेमा लेखिएको लेख

नवीन उदासी

 (गजल संग्रहमा लेखिएको मेरो कलमबाट..)

"बिहानीले दिनको आभास दिन्छ भनेझैं" हो सानै देखि नै मेरो साहित्यमा गहन रुची थियो। पत्रपत्रिका अध्ययन गर्दा होस् या रेडियो सुन्दा होस् साहित्य सम्बन्धी कार्यक्रमहरु सुन्न मलाई औधी मन पर्थ्यो। साथै बिभिन्न साहित्यिक पत्रपत्रिका तथा रेडियोहरुबाट प्रसारण हुने साहित्यिक कार्यक्रमहरु सुनेर मैले आफ्नो लेख/रचनाहरु पनि पठाउने गर्दथें, अनि त्यस्तै पत्रपत्रिकामा प्रकाशित हुँदा वा रेडियोबाट प्रसारण हुँदा मलाई असाध्यै खुशी लाग्थ्यो। अझ झन् गाउँका साथीभाईहरुबाट प्रेरणा तथा हौसला पाउँदा म आफुलाई अत्यन्त गौरवान्तित भै अगाडी बढ्नको लागी थप हौसला प्राप्त हुन्थ्यो। यस्तै एफ.एम. रेडियोहरु सुनुवाई र साहित्यिक पत्रपत्रिका अध्ययन गर्दै जाँदा यो साहित्यिक यात्राले आज मलाई यहाँ सम्म लिएको छ। मलाई साहित्यमा मुक्तक, हाईकु, गीत, गजल, कविता र समय समसामयीक आदि लेखहरु लेख्न मन पर्थ्यो। यसरी नै साहित्यमा कलम चलाउँदै अगाडी बढ्दै गएको थिएँ। तर, हाम्रो देशमा आर्थिक गरिबीपन, देशमै सरोजगारको कमीको कारण, नेताहरुको कुर्सी तानातानिको खेल र हिजो देशमा भएको अशान्तिले गर्दा कैयौं नेपाली युवा युवतीहरु दिनानुदिन परिवारको आर्थिक अबस्थामा केही सुधार गरेर आफ्नो स्वर्ग जस्तो परिवारलाई सुखको अनुभूती दिलाउनको लागी मनभरी धन कमाउने सपनाहरु संगालेर विदेश पलायन हुनु परेको बिबसता सबैको आँखा अगाडी छर्लंग छ। म पनी त्यही बिबसताको भुमरी भित्र परेर विदेश पलायन हुन परेको लाखौँ युबा युवतीहरु मध्य एक भएर बिदेशिएँ।

 अनि, म यस्तै बिदेशमा आएँ बिदेशमा आएँ देखी नेपाली साहित्य गजलको बारेमा अध्ययन गर्ने मौका पाएर मैले गजल लेखनमा नै कलमलाई अगाडी बढाएँ। आज आएर मलाई साहित्यमा सबै भन्दा मन पर्ने विधा गजल नै हो भन्न म पछी पर्दैन। त्यसैले मैले मेरो अरु पाण्डुलिपिहरुलाई राखेर गजललाई नै निरन्तरता दिएर गजललाई नै पहिलो प्राथमिकतामा राखेर प्रकाशन गरेको हुँ। गजल लेखनमा किन निरन्तर साधनारत रहियो भन्नु पर्दा गजलको भाब मार्फ़त आफ्नो मनमा परेका दुःख र पीड़ा आदिलाई गजलमा कैद गरेर गजलमा प्रस्फुटन गर्न सकियो भने गजल लेखनमा निकै आनन्द आउँदो रहेछ ! त्यै भएर नै मैले मेरो यो सीकारू कलमलाई गजल लेखनमा अगाडी बढाएको हूँ जस्तो मलाई लाग्छ।  बिदेशमा आँए देखी बिदेशमा पनि म जस्तै थुप्रै साहित्यिक मनहरु संग मेरो भेट भयो। त्यही संयोगको भेटले नै मलाई गजल लेखनमा अझ झन् प्रेरित गरेको हो। आज भोली मलाई लाग्छ, मैले आफुलाई कसरी साहित्यिक यात्रामा अगाडी बढाएँ, त्यो म आफैलाई थाहा छैन। मैले गजलको बारेमा बिदेशमा आएर केही ज्ञान लिएर गजल लेख्न थाले पनि म आज सम्म सबै कुरामा पोख्त भै सकेको छैन म अझै सम्म सिक्दैछु। गजल लेख्दै र सिक्दै जाने क्रममा यो कृती निकाल्न पनि सिकेकै खाँचो ठानेर मेरो पहिलो कृति 'पर्खाइका बाटाहरु' प्रकाशन गर्ने आँट गरेको हुँ। मैले गजल लेख्न सामाजिक संजाल फेसबुक मार्फत पनि सिक्ने अवसर पाएको थिएँ। यस्तै गजलहरु लेख्दै जाने क्रममा धेरै नै लेख्न पुगेको रहेछु। करिब-करिब ३/४ सय जती गजलहरु लेख्न पुगेछु। त्यहि गजलहरु मध्ये नियाल्दै र पढ्दै जाँदा २/३ ओटा संग्रह प्रकाशन गर्नलाई आकार दिने सम्म भएका रहेछन्। आज त्यिनै गजलहरुलाई संग्रहको रुपमा सबैको समक्ष प्रस्तुत गरेकोछु।  गजल लेखनमा गजलको नियम र सिद्धान्त भित्र रहेर यसको ब्याकरणीय हिसाबले सुत्रहरु तयार गरेर लेख्न र लयमा ढाल्न सकियो भने गजल लेखनमा अर्को बेग्लै मज्जा आउँदो रहेछ। सांचिकै भन्ने हो भने मेरो लागि यो गजल दु:ख पोख्ने एउटा मध्यम बनेकोछ। त्यसैले गजल सुखको भन्दा  दु:खको साथी बन्दो रहेछ ! मनभरिका पीर व्यथाहरुलाई यहि गजल मार्फत व्यक्त गर्न सकिने रहेछ।  मलाई लाग्छ भोलीका त्यी स्वर्णिम दिनहरुमा पनि गजल नै उदाउनेछ र एउटा गजलको संसार भएर खुल्ला यो जगत गजलमय हुनेछ।

मैले यस संग्रह भित्र मेरो मनभित्र गुम्सिएर रहेका भावना मात्रै नभएर हजारौंको साझा जिवानामा आई पर्ने मिलन, बिछोड, दु:ख पीडा, आँशु. हाँसो र रोदनका वियोगान्त बेदनाहरुलाई गजल मार्फत प्रस्तुत गर्ने प्रयास गरेकोछु। म पनि एउटा युवा स्रष्टा भएकोले यो संग्रह भित्र धेरै जसो त गजलहरु प्रेमिल भावमा डुबेर लेखेको छु। अरु केहि गजलहरु आफ्नै देशमा नहुँदाको पीडा, नेताको कुर्सी तानातानीको खेल र समाजमा हुने केही बिकृति र विसंगतिमा पनि गजल लेख्न प्रयास गरेकोछु। अन्य गजलहरु नेपालीहरुको रमाईलो चाडवाडमा आफ्नो घर परिवार संग भेट हुन नसक्नुको पीडा र बहिनीको हातबाट टीका लगाउन नसक्नुको कारण र जिन्दगीका तीता मीठा अनुभूतिहरुलाई  गजलमा प्रस्तुत गर्ने प्रयास अबश्य गरेकोछु। त्यस्तै मायाँलुको प्रतिक्षारत दिनहरु छोडेर घर देखि टाढा भएको, आफु कहिल्यै घरमा आउन नसक्नुको कारण अनि आफ्नै घर परिवार र आफन्तहरुले बाटो कुरेर बसेको पलहरु पनि गजलमा भएको हुँदा माथि भएका भाव अनुसार र भावले बताए अनुसार मैले मेरो गजल संग्रहको न्वारन गरेर 'पर्खाइका बाटोहरु' राखेको हुँ। मैले यस संग्रह भित्र १०१ ओटा गजलहरु समाबेश गरेकोछु। त्यहि १०१ ओटा गजलहरु मध्य केही गजलहरु काफीया बिहीन, लय बिहीन र छन्द बद्ध पनि नहोलान्। गजलको नियम र सिद्धान्त भन्दा बाहिर पनि छन् होला। यसर्थ गजलमा भएका कमि कमजोरीहरु संगै सल्लाह, सूझाब र प्रतिक्रिया पाएर अहिलेको मेरो यो संग्रह भित्र भएका गल्तीहरु सच्याउन पाएछु भने म अर्को दोर्सो संस्करणमा पक्कै केही गहन कुराहरु राखेर  खारिएर आउने नै छु।

अन्त्यमा मलाई यस गजल संग्रह प्रकाशन गर्नमा उचित सल्लाह, सूझाव दिएर सहयोग गर्नु हुने थुप्रै सहयात्री साथीहरु हुनुहुन्छ। मलाई स्मरण रहे सम्म म यहाँ उहाँहरुको सबै नाम उल्लेख गर्न चाहन्छु। जस मध्ये गजल सम्पादन गरी उचित सल्लाह सुझाव सहित मेरो गजल संग्रहको भूमिका लेखिदिनुहुने रेडियो नेपालका बरिष्ठ गजलकार तथा प्राज्ञ ललिजन रावल प्रति  स-हृदय देखि नै हार्दिक आभार प्रकट व्यक्त गर्दछु। यसै गरी अत्यन्त महत्वपूर्ण सल्लाह, सूझाब दिएर छोटो मिठो शुभकामना लेखि दिएर सहयोग गर्नुहुने बरिष्ठ गजलकार तथा गीतकार रवि प्राञ्जल प्रति पनि आभारी छु। साथै आनन्द श्री श्रेष्ठ तथा रेडियो नेपालका रमेश पौडेल यहाँहरु दुवै जना प्रति पनि आभारी छु। त्यसै गरी उचित सल्लाह, सुझाब तथा प्रेरणा दिएर सहयोग गर्नुहुने उदाउँदो तारा सा.स. पेनाङ मलेशियाका अध्यक्ष दीप दर्शन र अनाम मण्डली मलेशियाका अध्यक्ष श्रीजन श्री यहाँहरु प्रति पनि आभारी छु। यसै गरी उचित सल्लाह, सुझाब दिएर जिल्ला सदरमुकाम बाट यो संग्रह प्रकाशन तथा बजार ब्यबस्थापन गर्नमा बिशेष सहयोग गर्नु हुने गजलकार खेमराज गाउँले प्रति आभार प्रकट गर्दछु।

यसै गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मलाई उचित सुझाब र प्रेरणा दिनुहुने आदरणिय दाई कर्णराज बुढामगर र दुर्गा श्रीस, महेन्द्र घर्ती, डा. गोपाल पौड्याल, कवीता उपाध्याय, सुरेन्द्र सुमन, गीता घर्ती, जनक थापा, ज्ञानु राना, रुबेन पुन मगर, जने तमु (ज्ञानेन्द्र),  ससिराम बुढा, खेम बुढा, खगेन्द्र मगर, बिष्णु थपलिया र अन्य सबै प्रति पनि आभारी छु। त्यसै गरी वीम्व साहित्य संगालो पाहाङ मलेशियाका साथीहरु दीपेन बिरही रोका, उमेश बुढा, जित मगर, बिर ब. अधिकारि, गोबिन्द रिजाल, कोपिल घर्ती, कुमार सदाशंकर लगायत सम्पूर्ण साथिहरुलाई प्रति पनि आभारी छु।

यसै गरेर फेसबुक र ई-मेल मार्फत शुभकामना दिनेहरुमा अर्जुन श्रेष्ठ, मीरा थापा, स्तारहाङ बान्तवा 'जलन' मधुसुधन भट्टराई, सरिता शर्मा, दु:खी गुभाजु मुस्कान, महादेव अधिकारी, तिलक अनुरागी, राजकुमार खड्का, बिरेन्द्र गुरुङ, राई मुन्केम रमेश, सुस्मा लामा, रमेश बिमान, बिना थीङ तामाङ, राज अविरल यात्री, रमेश पोखरेल 'पिडित', राजु राना 'रश्मी', साजना गुरुङ, अतित मुखिया, करुण थापा, आबाज शर्मा, दिर्गराज गीरी 'प्रियसी', सावित्र लुईटेल, अश्मी जी.एम. पूर्ण गुरुङ, कल्पना भाबुक, लक्ष्मन बान्तवा श्रीस, सन्तोष सिटौला, पामा श्रेष्ठ, भक्ती प्रसाद पौड्याल, पोस्टराज चापागाईं, बिष्णु बिरही श्रेष्ठ, रोहित कुमार, तिर्थ थापा, मोहराज शर्मा मोहन, इन्द्र नारायण चोङबाङ, देबी सुबेदी, योगेन धोली, संगीता थापा, नेपाल गजल डायरी, ज्म्ब्बु कृष्ण लगायत यहाँ नाम छुटेका सम्पूर्ण शुभ चिन्तकहरुमा पनी हार्दिक धन्याबाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी चन्द्र सिंह श्रेष्ठ, नगेन्द्र प्रसाद घर्ति र यहाँहरु सबै प्रती हार्दिक आभार प्रकट व्यक्त गर्दछु।

मेरो यो पहिलो गजल संग्रह प्रकाशन गर्नमा बिभिन्न ठाउँ र स्थानहरु बाट उचित सल्लाह, सुझाब संगै सहयोग पाउँदा नै मैले यो गजल संग्रह प्रकाशन गर्नमा सफल भएको हुँ। त्यसैले यो यस्तो गौरबमय कार्यमा यहाँहरुको सहयोग र साथ पाउँदा म आज अत्यन्तै खुशी र हर्षित छु। आशा छ आगामी दिन र बसाईहरुमा पनि यहाँहरुको यस्तै सहयोग र साथ यसरी नै पाई रहुँ भन्ने कामना गर्दछु।

अस्तु.....