पाँच मुक्तकहरु

नवराज बुढा "नवीन उदासी"


मुक्तक

सत्यतामा सधै जुट्छन अन्याएका आवाजहरु।

षडयन्त्रमा अब उठ्छन अन्याएका आवाजहरु ।
दुनियाँमा नै स्वार्थी र ब्यर्थको कुरा हुँदा यहाँ,
निष्पक्ष हुन किन रुक्छन अन्याएका आवाजहरु।
















साहित्यिक संस्थाको, नाममा बजेत खै ?
भाषा धर्म बचाउनेको, काममा बजेत खै ?
जस बिनाको काममा सफलाता भए'नी,
प्रत्येक बर्षमा स्रष्टा सम्मानमा बजेत खै ?


सधै भरी सङ्गै बाँचौला भनेर।
दु:ख सुखमा'नि हाँसौला भनेर।
दुई चार पैसाको लागि परदेशिएँ,
एउटा मिठो रहर साँचौंला भनेर।



मुक्तक

तिमिले भत्काएको संम्रचना अझै उठ्न सकेन।
भत्काएर बनाउन तिम्रो पार्टी किन जुट्न सकेन।
देशै परिवर्तनको आश्वासन देखाएर गएका थियौ,
ठाउँमा गए पछी बिर्सिने तिम्रो बानी छुट्न सकेन।

मुक्तक..

मनमा कहिल्यै पनि दु:ख अनि पिर नहुने भए।
कहाँ पुग्थे म त हिड्ने बाटोभरी भिर नहुने भए।
दोबाटो मै टुङ्गियो यात्रा कतै टाढा पुग्न  सकिन,
हिडिरहन्थे सधै लक्ष्य भेट्न स्थिर नहुने भए।

©नवराज बुढा 'नवीन उदासी'


नवराज बुढा "नवीन उदासी"
nbnabinudasI (at) gmail dot com