तिन मुक्तक

नवराज बुढा 'नवीन उदासी'नबराज बुढा 'नबिन उदासी'

          (१)
तिमीले छोडे देखी, नशामा रमाउदैछु
कालले घेर्यो दिन दहाडै, दशामा रामाउदैछु|
मर्न नी सकिन बाँच्न नी सकिन एक्लै भै
 मर्छु भन्दै म त् , धागो धशामा रमौदैछु |

             (२)

तिमीले मलाई छोड्नु , के बिबसता थियो र ?
बदनाम गर्दा तिमीले, के शिष्टता थियो र ?
तिमीले पनी आफ्नै जिन्दगी जिएका थियौ
आज आखिर ! म संग, के रिसता थियो र ?

              (३)

एउटा ठान्थे नारी पुरुष तर, बेग्लै ठान्यौ
हात माग्यौ साथ् दिएँ तर, एक्लै छाड्यौ|
एउतै छ भन्थे तिम्रो मन मेरो मुटु समथर
बेसी छाड्यौ तिमीले घर, लेक्मै बनायौ|