गीत

नवराज बुढा 'नवीन उदासी'

छुट्टी पाइन् घर पनि आउन  पाइन्।
यो दशैंमा टिका, जमरा लाउन पाइन्।

खुसि मनले चाडपर्ब मनाएर बस्नु।
न्यास्रो लागे'नि मनमा रमाएर बस्नु।
वर्षौ देखिको भेट्ने धोको मेटाउन पाइन्,
यो दशैंमा टिका, जमरा लाउन पाइन्।

फर्किएन गाउँ बिर्स्यो भन्ने नमान्नु।
अर्को साल आउछु ऐले राम्ररि मान्नु।
खुसीको गीत संगै बसी गाउन पाइन्,
यो दशैंमा टिका, जमरा लाउन पाइन्।

छुट्टी पाइन् घर पनि आउन  पाइन्।
यो दशैंमा टिका, जमरा लाउन पाइन्।