जमना गयो चिठी पत्रको...

थेगो- जमाना गयो चिट्ठी पत्रको।
     म्यासेज गर कि त मेल गर,
     के छ खबर सबै दिलभित्रको।

केटा : इमेल गर नगर है मलाई पत्राचार।
         गतिशील समय हुदैन सदसदाबहार।

केटी : कस्तो छौ प्यारा देख्न मन लाग्यो।
         कयौं बर्ष भो नभेटेको भेट्न मन लाग्यो।

केटा : साइबर जानू मिलाएर साइत।
          फेस टु फेस बोलौला खोलेर स्काइप।

केटी : गूगल सर्च गर्दा पनि भेटिन।
         भेटु भन्छु अनलाइनमै देखिन।

केटा : तिम्रो यादमा म पनि दिन ढल्दैन।
         राम्रो सङ्ग मेरो क्यैले नेट चल्दैन।

केटी : अझै कस्तो म त भएछु अबुझ।
         फोटो पठाऊ है खोलेर म्यासेज।

केटा : साहुको ऋणले म त दुब्लाउदै गाको छु।
        आफै आउला देखौला म कस्तो भाको छु।

केटी : मनै थाक्यो धेरै पत्र लेखेर।
          खुसी होला २० को १९ देखेर।

© नवराज बुढा "नवीन उदासी"
रचना मिति : २०७३/०९/२२
नोट : यो रफमा छ।