फक्रन्छ फूल जसरी पत्थर र काडा बाट

फक्रन्छ फूल
- नवराज बुढा नवीन उदासी
फक्रन्छ फूल जसरी पत्थर र काडा बाट।
प्रभाती किरण आयो है पारी डाडा बाट।
नछेकिदेउ संघर्ष र सफलताको बाटोलाई।
रतिभर सम्झिन्छु देशको चन्द्र सुर्य रातोलाई।
फर्केर आउछु एकदिन भुमिमा टाढा बाट।
प्रभाती किरण आयो है पारी डाडा बाट।
खै ! के देख्दै छु अचेल मैले दिवा सपनिमा।
बोलाई रह्यो फर्की आऊ भन्दै हर विहानीमा।
केही गर्नैपर्छ अब हटेर सबै बाधा बाट।
प्रभाती किरण आयो है पारी डाडा बाट।
फक्रन्छ फूल जसरी पत्थर र काडा बाट।
प्रभाती किरण आयो है पारी डाडा बाट।
© navarajbudha.com.np