जसरी लेख्नु पर्ने थियो। मैलेे त्यसरी कदापी लेखिन। कारण मैले लोकगीत सुन्दै सुनिन। तर अहिले सुन्दै छु, लेख्दै छु। त्यसैले यो लोक गीत भयो या भएन् प्रष्ट पारिदिनुहोस्।
लोकगीत- अर्धनग्न लुगा नलगाऊ...
केटा : के देख्नु पर्यो यी मेरा आखाले।
देखिन्नौ राम्री लुगा लगाएर आधाले।
अर्धनग्न लुगा नगाऊ।
लगाऊ गुन्यु र चोली,
आफ्नो इज्जत नघटाऊ।
केटी: नयाँ नयाँ फेसन देखेको गरिन्छ।
डिस्कोमा गएर गाइन्छ नाचिन्छ।
मेरो बैँस देखेर जल्छौ।
समयको माग हो सबै,
हामी समय सङ्गै चल्छौ।
केटा : सधैभरी नक्कली भएर हुँदैन।
हल्लिएर जीवन चल्दै चल्दैन।
अर्धनग्न लुगा नगाऊ।
लगाऊ गुन्यु र चोली,
आफ्नो इज्जत नघटाऊ।
केटी: लटरम्म साडी र चोली मन परेन।
कस्तो यो पुरानो पहिचान भएन।
मेरो बैँस देखेर जल्छौ।
समयको माग हो सबै,
हामी समय सङ्गै चल्छौ।
केटा : छाडा भयो अब झन त्यो बोलिमा।
साह्रै राम्री देखिन्थ्यौ साडी चोलिमा।
अर्धनग्न लुगा नगाऊ।
लगाऊ गुन्यु र चोली,
आफ्नो इज्जत नघटाऊ।
केटी : हल्का छ ज्यान खुल्ला छ ज्यान।
चाह हो मेरो मैतिर जाओस् ध्यान।
मेरो बैँस देखेर जल्छौ।
समयको माग हो सबै,
हामी समय सङ्गै चल्छौ।
केटा : तिमिलाई उपदेश दिन नै साह्रो भो।
केटा हौ कि केटी चिन्न गाह्रो भो।
अर्धनग्न लुगा नगाऊ।
लगाऊ गुन्यु र चोली,
आफ्नो इज्जत नघटाऊ।
केटी : नौलो यो फेसन सबैलाई सर्छ।
मिनिस्कट र जामा नै मन पर्छ
मेरो बैँस देखेर जल्छौ।
समयको माग हो सबै,
हामी समय सङ्गै चल्छौ।
http://www.blog.navarajbudha.com.np/2017/07/blog-post_17.html