छाता ओढेर...


लोकगीत
बोल:   छाता ओढेर......
         भिजाउछ यता आउ।
        नजाऊ मलाई एक्लै छोडेर।
टुक्का :
केटा : झर्ला असिनाले फुलझै जवानी।
          सङ्ग सङ्गै जाउ कहाँ सम्म जानी।
केटी: कस्तो झरी पर्‍यो म हिड्ने बेलामा।
         अलि पर मलाई जानू छ मेलामा।
केटा : तिमी जाने ठाउँ कहाँ होला ?
         जान्न पाए तिम्रो नाउँ के होला?
केटी : मलाई बोल्नु छैन कुनै बिसयमा।
          को हौ तिमी नाम सोध्ने परिचयमा।
केटा: सुनझै भएर कस्तो भाउ गरेकी ?
         हौ कि कतै आकाश बाट झरेकी ?
केटी : यो बाटोले पुर्‍याउछ खै ! कता।
           पहिलो भेटमै सबै सोध्ने फता।
केटा: हिउँ झै गोरी देखिन्छ्यौ पग्लिएर काली।
        रोल्पाली हु म त त्यसै नभन है झापाली।
केटी: ब्यर्थ कुरा बोलेर दिक्क पार्‍यौ।
         मुखैले मात्र मलाई ठिक्क पार्‍यौ।

,