दुई गजल

गजल
आँखाभरी कसैको यादहरु झरेपछी।
कसरी हेर्छौ आँसुले  परेली भरेपछी।

भेट हुँदा मलाई एकैछिन वास्ता गरेनौ,
फर्किन्न अब बग्ने त्यो खोली तरेपछी।

आफ्नो पनि पराई पनि उस्तै छन यहाँ,
थाहा हुन्छ एउटाले बल्ल घाट गरेपछी,

सास हुँदा  भेट्ने  आस गर्दैनन् कसैले,
श्रद्धाञ्जली  दिन आत्तिन्छन मरेपछी,

मायाँ टाढा  होला सम्झना गाढा होला,
थाहा पाउँछौ सदालाई बसाई सरेपछी।

गजल-२
कहिले मेरै हतारको, निर्णयले पछुताएँ।
धोका दिदा यै हातको, समयले पछुताएँ।

म सबैको अधरमा खुसी र उमंग देख्छु,
तर आफ्नो पिडित यो, हृदयले पछुताएँ।

पूरा होला र कहिले सफर जिन्दगीको,
सधै अधुरो जिवनको, बिषयले पछुताएँ।

सहययात्रीहरु आज कहाँ पुगे थाहा छैन,
म एक्लै नै संघर्षको, पराजयले पछुताएँ।

भन्नेहरु भन्न त भन्छन जे पर्छ त्यही तर्छ,
केही आट्न सकिन त्यही, भयले पछुताएँ।
- नवराज बुढा
© blog.navarajbudha.com.np