मेरो पाँच गजलहरु....

गजल-१

देशको बारेमा सोचौ हामी युवा सबैले अब।
हामी अघि नबढे बिकास हुन्छ कहिले अब।

विकासको नाममा आफ्नो भुँडी भर्नेहरु सबै,
खबरबार पहिलेझै छैनन् जनता अहिले अब।

स्वदेशमै पसिना बगाई युवाले देश चलाउनुछ,
बञ्जर फोर्नुछ नरोजौ खाडीलाई कसैले अब।

बिकासको नारा फुक्दै एकताको बिगुल फुक्दै,
कुना कुनामा सन्देश पुर्याउनु छ जहिले अब।

गहिरिएर सोचौ हामी एक भई उठौ उठौ हामी,
अन्याए सहन्नौ अत्याचार सहन्नौ त्यसैले अब।

गजल-२
एक्लै थिए आफ्नाले साथ छाडेपछी।
पाए बल्ल तिम्रो प्यार मनैले मागेपछी।

मन बिसाउने थिएन चौतारी कतै पनि,
भेटियौ दोबाटोमा म थ्याक्कै थाकेपछी।

पहिलो भेटमै मन पर्‍यो आउँकि माग्न,
भो आनाकानी होला थाहै हुन्न भागेपछी।

दुःखमा मल्हम पट्टिभै प्रकट हुनु तिमी,
कहिकतै मेरो दिलभित्र चोट लागेपछी।

भेट्न आउछु है क्षितिजपारी भए पनि,
तिम्रो त्यो परेलिको इशाराले डाकेपछी।


गजल-३
ईश्वरको शरणमा, पर्न पनि सकिएन।
खुसी माग्न बिन्ति, गर्न पनि सकिएन।

लाग्छ जीवन जीवन जस्तो भएन नै,
दु:ख त्यागी अघि, सर्न पनि सकिएन।

फुल्छ जीवन फुलझै भन्ने आशमा नै,
परेलिको दिलबाट, झर्न पनि सकिएन।

भेटिएको थियो लक्ष्य कहिकतै एउटा,
थियो जंघार पारी, तर्न पनि सकिएन।

खाली शुन्यताले नै खुसी हराएको छ।
खोजेर उमंगहरुले, भर्न पनि सकिएन।

गजल-४
यो रङ उस्तै अबिर उस्तै छ।
सादा मेरो तक्दिर उस्तै छ।

कसरी हासौ यहाँ लौ अब,
मनभरी मुटुभरी पिर उस्तै छ।

जरुर पुग्नै पर्ने छ पारी म,
यात्रामा ओराली भिर उस्तै छ।

ढुङ्गालाई छोएर भाग्ने पानी,
अझै खोलिको तिर उस्तै छ।

कहाँ छिन आज मुटुको माया,
उनैले छोएको मेरो शिर उस्तै छ।

गजल -५
जिन्दगी पुग्यो सफरमा खै कता।
अल्झ्यो आझ ठक्करमा खै कता।

लक्ष्यमा पुग्ने पाइलाहरु रोकिए ,
गन्तव्यमा पुग्ने चक्करमा खै कता।

आधा जिन्दगी बिट्ने भो परदेशमा,
फस्यो कमाउने यो रहरमा खै कता।

खुसी हुन पनि सकिन कहिल्यै यहाँ,
जीवन सुक्यो आज बगरमा खै कता।

नवराज बुढा "नवीन उदासी"
©www.blog.navarajbudha.com.np
E-mail: nabinudasi@gmail.com
              nbnabinudasi@netkuti.com