फूलझै देखिने जीवन.....
गजल
फूलझै देखिने, जिवन कहिले, काँडा हुन्छ।
आफ्नो मान्छे पनि, किन दुःखमा, टाढा हुन्छ।
छोटो जीवन, लामो भएपनी यात्रा, पुग्नु छ,
जति नै हिंडे'नी, संघर्षमा किन, आधा हुन्छ।
देख्न त देख्छु सुनौलो, रङ्गीन सपनाहरू,
बिपनिमा ब्युँझिदा खेरी सर्वश्व, साडा हुन्छ।
शिथिल छैनन्, यी गतिशील पाइलाहरु,
केही गर्न खोज्छु, तर परिस्थिति, बाधा हुन्छ।
चोकमा उभिएर हेर्छु, खै! कता जाऊँ कता ?
हेर्दा सबै एउटै देखिने कैयौं, बाटा हुन्छ।
© blog.navarajbudha.com.np
(फेसबुकमा आएको लाइक सहित)