हराएको डायारी.....

हराएको डायरी..
नवीन उदासी

बगेको खोली फर्किन्छ, भन्ने सोचेको थिएन।
हराएको सामान भेटिन्छ, भन्ने सोचेको थिएन।

हामी चारै जना अफिस जानू पर्ने थियो। त्यसैले हामी जनवरी २० तारिखको दिन कार्य स्थलबाट अफिस तिर जाँदै गर्दा एउटा मुस्लिम (मलायु)को निजि कारमा सहकर्मी साथीहरु- केशरमान राई, राजेन्द्र सिंह बडुवाल, दिनेश अहिर र म चढेका थियौ। उक्त विहानै हामी ट्याक्सी पार्कमा हामी पुगेकोले एक विहानै भएकोले त्यहा कुनै ट्याक्सिहरु थिएनन्। हामी पार्कमा ट्याक्सिको प्रतिक्षालयमा बसिरहेका थियौ।

निकै लामो बेर सम्म प्रतीक्षा गर्दा पनि ट्याक्सी आएको थिएन। त्यतिकैमा हाम्रो छेउ नजिकै एउटा निलो कार आएर रोकियो र भन्यो- कहाँ सम्म जाने ? हामिले अफिस सम्म जानू पर्ने काम थियो। ट्याक्सीको प्रतीक्षा गरेको पाएनौ भन्दा उसले बस म पुर्याइ दिन्छु, भन्यो। त्यसैले हामी चार जना उक्त कारमा बस्यौ र गन्तव्य स्थल सम्म पनि पुग्यौ। अफिसको बाहिर कारले हामिलाई पुर्यायो र उसले टोकेको भाडा पनि हामिले दियौ। कार अलि सानो र अलि लामो सफर भएकोले हामिलाई कोचिएर बसेकोले छिट्टै ओर्लनको नै हतार भयो।

कार बाट ओर्लेर एकछिन बसेर अलि पर पुग्ने बेला उक्त कार त्यहा बाट हिडिसकेको थियो। म त्यो बेला नै झसङ्ग भएँ। आफू सङ्ग भएको दुई ओटा मोबाइल सेट सबै छ। पछाडीको पकेट छाम्दा मेरो पर्स (वालेट) छैन। पकेट सबै हेरे सबै पकेट छामे तर मेरो पर्स भेटिएन। मलाई साह्रै चिन्ता लाग्न थाल्यो। त्यो बेला हामिले न त त्यो कारको नम्बर हेरेका थियौ। न त कार मालिकको सम्पर्क नम्बर थियो। हामी सङ्ग कारलाई सम्पर्क गर्ने कुनै माध्यम थिएन। चिन्ता गर्नु सिवाय अरु कुनै बिकल्प थिएन।

पर्समा पैसा त अलिकति पकेट खर्च मात्रै थियो। एटीएम कार्ड पिन नम्बर बैंकमा फोन गरेर लग गर्न लगाई सकेको थिए। चिन्ताको महत्त्व त त्यही पर्स भित्र रहेको डायरीको थियो। खाचो पनि त्यही डायरीको थियो। मेरो लागि एटिएम कार्ड अन्य कागजपत्रहरु भन्दा पनि  एकदमै महत्त्वपूर्ण भनेको त्यही सानो वालेट डायरीकै थियो। जुन डायरीमा सामाजिल सञ्जाल, पर्सनल इमेल आइडी पासवर्ड र केही वेब डिजाइनका गाइड टेक्स्ट्, र आफुले प्रयोग गर्ने वेबसाईट र अन्य साथीहरुको वेबसाईट र केही सस्थाको वेबसाईटको इमेल आइडी सिप्यानेलका सबै युजर नेम र पासवर्ड त्यस्मै थियो। अन्य फोन नम्बरहरु खोजेर पनि पाउन सकिन्थ्यो। तर त्यी धेरै वेव युजर आइडीहरु खोजेर कहाँ पाउन सकिन्थ्यो र? त्यसैले पनि मलाई चिन्ता अझ बढी लागेको थियो।

पछी हामी (म) उदासी मन बनाएर अफिस गयौ र गर्नुपर्ने काम गरेर त्यो दिन त्याक्कै कम्पनीको गाडी हाम्रो कार्य स्थल सम्म आउने काम रहेछ। त्यही संयोगमा हामी कम्पनीकै गाडीमा आफ्नो कार्यस्थल आइपुग्यौ। त्यो दिन रातभरी चिन्ताले साम्राज्य जमाई रह्यो। त्यही  डायरीको खाचोले सताई रह्यो। त्यो रात निदै लागेन। निदाउन चेस्टा गरेपनी मन निदाएन। यसरी नै कतिखेर विहान भएछ। पट्टै पाइएन। भोलि विहान भइसकेपछि त्यही अघिल्लो दिन हामी ट्याक्सी पार्क पुगेको समयमा म त्यहाँ एक्लै पुगेको थिए। म त्यहा भेटिन्छ कि भन्ने अपेक्षित भावना बोकेर नै गएको थिए।
मैले फेसबुकमा यस बारेमा फेसबुकमा पनि एउटा स्टाटस लेखेको थिए। त्यो मेरो स्टाटसमा धेरै जना साथिहरुले भेटिन्छ। आशा गर्नुहोस्। खोजी गर्नुहोस्। भन्ने जस्ता सहानुभूतिको कामना प्रकट गर्नु भएको थियो भने कति सहकर्मी साथिहरुले भो.. चिन्ता नगर। कसरी भेटिन्छ। हराएको सामान। न त्यो मान्छेलाई चिनेको छ न सम्पर्क नम्बर छ। त्यसैले अब चिन्ता गर्न छोडिदेउ भन्दै थिए।
मैले पनि विहान सम्म भेटिन्छ भन्ने आशा मारिसकेको थिए। तैपनी भेटिन्छ भने आशाहरु कतै पलाउन थाले र त्यसैले म त्यही पार्कमा गएर बसेको थिए। ठिकै त्यही समयमा त्यही  अघिल्लो दिनको समयमा त्यही मान्छे त्यहा आइपुग्यो। त्यो बेला उ आफ्नो प्राइभेट कार नभएर सेटो र रातो कलरको ट्याक्सी लेखिएको ट्याक्सी नै लिएर आएको थियो। मैले देख्ने बित्तिकै चिनिहाले। र भने- म अघिल्लो दिन कार चढ्ने मध्यको त्यही एउटा मान्छे हु। मेरो पर्स तपाइको कारमै छुटेको छ। मलाई ढुक्क छ। अवश्य कार भित्रै सिट मुनि खसेको होला म त्यही भेटिन्छ कि भन्ने आशाले यहाँ आएको हु भन्न नपाउदै लु लु... तिम्रो सामान साच्चिकै मेरो कारमै छुटेको हो भने अवश्य त्यही छ जाउ हिड हेर्नलाई आउ बस भन्यो।  त्यो बेला पक्कै भेटिन्छ भन्ने आशा गरिसकेको थिए। उनको स्वास्निले एउटा मुस्लिम युनिभर्सिटीको क्यान्टीनमा कुक गर्ने रहेछन्।

मलाई उसको सर्भिस ट्याक्सिमा बसालेर त्यही लग्यो। बाटोभरी कुरा भयो। मान्छे हिस्स परेको मोटो ज्यान खाइलाग्दो र हसिलो मुहार हेर्दा पनि ईमानदार देखिन्थ्यो। यसरी उनको स्वास्निले काम गर्ने ठाउँमा लग्यो। बाटोभरी सेक्युरिटी चेकिङमा उ नै बोल्यो। म बोल्नु परेन। मेरो कस्टमर हो। मेरो कारमा उस्को सामान छुटेको छ। त्यही लिन जान लागेको भन्दै त्यो युनिभर्सिटीको गार्डन हुँदै उक्त ठाउँमा लग्यो। त्यहा पुगिसकेपछी कारको चाबी मागेर ढोका खोलेर भित्र हेर्न भन्यो।

हेर्न साथ कारको सिटमुनी खसेको मेरो वालेट मैले देखिहाले र लिएर पकेटमा राखे। त्यो बेला मेरो खुसीको सिमा नै रहेन। उसलाई कृतज्ञता ब्यक्त गर्दै उ सङ्ग कुरा गर्दै हामी त्यहा बाट फर्कियौ। उसले त्यो भन्दा पहिले एकजना अफ़्रिकि नागरिकको Iphnone खसेको त्यही मोबाईलमा नाम र नम्बरमा कल हरेर फिर्ता दिएको कुरा पनि गर्यो। त्यस्तै धेरै अन्य नगद जिन्सिहरु उसले सबै खोज्दै सम्पर्कमा आएकाहरुलाई फिर्ता दिएको कुरा पनि गर्यो। मैले उसलाई हराएको पर्समा भएको त्यही  २/४ पैसा र धन्यवाद बाहेक अरु दिन सकिन। उनको इमानदारीतलाई जति धन्यवाद भने पनि कमै हुन्छ।मैले यसरी कल्पना सम्म गरेको थिएन।

हराएको त्यी सामानहरु मैले भेटाउछु भनेर। तर त्यी ५४ बर्षिय पाका बृद्ध मुस्लिम मोहम्मद हमिडीको खुल्ला हृदय र सहयोगी ईमानदारी भावनाले मात्रै मैले मेरो वालेट र हराएको डायारी पाउन सफल भएको हु। तपाईंको पनि यसरी नै कुनै सामान कहिकतै हराउनु भएको छ भने खोजी गर्नुहोस्। माया नमार्नुहोस। आत्मबिश्वास गर्नुहोस। यदी भेटाउने मान्छे दयालु र इमानदारी छ भने अवश्य पाउन सक्नुहुनेछ। धन्यवाद ।

,