सधै खुसी.....

गजल

सधै खुसी मात्रै बन्न पाए हुन्थ्यो।
दुखहरु जिवनमा न आए हुन्थ्यो।

दुखले भत्कियो यो मनको छानो,
बतास आई खुसी न उडाए हुन्थ्यो।

जिउनु छ जीवनमा अझ कति धेरै,
आयु अझै नै थपिएर आए हुन्थ्यो।

हिडेरै पुग्नुछ अझै कति टाढा टाढा,
कसैले बिचैमा न अल्झाए हुन्थ्यो।

© नवराज बुढा "नवीन उदासी"
www.blog.navarajbudha.com.np