गल्ती अलिकति......

गजल
गल्ती अलिकति हेर्ने, नजरको भयो।
मायाँ गर्छु भन्नू खेर, अधरको भयो।

न थियो रानिमहल, न त ताजमहल,
नराम्रो मेरो त्यो झुपडी, घरको भयो।

मन पराएरै मायाँ, गर्छु भनेको थिएँ,
ब्यर्थ त आज बैशालु,  रहरको भयो।

पराई आफ्नो सबै, पैसाले चिनाउँछ,
बिरानो आज धनको, शहरको भयो।

आफै मायाँ गर्‍यौ,आफै नाता तोड्यौ,
दोष तिम्रै पछि लागेको, भरको भयो।

नवराज बुढा "नवीन उदासी"
बुढागाउँ, रोल्पा