आँखा मिच्दै सधै विहानिमै....

गीत-
-नवराज बुढा
"नविन उदासी"

आँखा मिच्दै सधै विहानिमै उठ्नु पर्ने।
मन नलागे पनि ड्युटीमा नै कुद्नु पर्ने।

सञ्चै छिन कि कस्ति छ्न होला प्यारी।
उनकै स्वप्ना बोकी आएको थिए भारी।
सङ्गै जिउने बेला किन आज छुट्नु पर्ने।
मन नलागे पनि ड्युटीमा नै कुद्नु पर्ने।

छिट्टै अब उनी सङ्गै बस्ने कहिले होला?
मेरो दु:ख सम्झी उनको मन कती रोला।
कुबेलामा सधै भरी ड्युटीमै जुट्नु पर्ने।
मन नलागे पनि ड्युटीमा नै कुद्नु पर्ने।

आँखा मिच्दै सधै विहानिमै उठ्नु पर्ने।
मन नलागे पनि ड्युटीमा नै कुद्नु पर्ने।

रचना: २०७३ पौष २२