मानव नै स्वार्थी छ... गजल
गजल
मानव नै स्वार्थी छ संसार स्वार्थी छ।
दयालु लाग्ने त्यो अनुहार स्वार्थी छ।
बाहिर ठिक्क पार्छन त्यो मुखैले मात्र,
भित्र भने सबैको ब्यवहार स्वार्थी छ।
बुढो बालक नभनेरै कैदी बनाउाछ,
निर्दोषी नचिन्ने कारागार स्वार्थी छ।
कस्लाई मान्नु सच्चा कस्लाई गलत,
सहयोगी मानिने आधार स्वार्थी छ।
कहाँ टेकौ पाइला म ठाँउ कतै छैन,
पृथ्वीलाई जता पनि भार स्वार्थी छ।
नवराज बुढा 'नवीन उदासी'
रोल्पा